नेपाल लाइफ इन्स्योरेन्स गाईघाट शाखाद्धारा बैदेशिक रोजगार म्यादी जीवन बिमा अन्तर्गत मृत्यु दाबी भुक्तानी

२०७९ असार १४, मंगलवार १४:२५

सिरहा,असार १४ गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गाईघाट शाखाले बैदेशिक रोजगार म्यादी जीवन बिमा अन्तर्गत मृत्यु दाबी भुक्तानी गरेको छ ।
बैदेशिक रोजगारको शिलशिलामा त्रियुगा नगरपालिका वडा नं.११ घर भएका स्व.अमृत कटुवालको कातारमा मृत्यू भएकोमा निजले नेपाल लाइफ इन्स्योरेन्समा गरेको रु १० लाखको बैदेशिक रोजगार बिमा बापतको उक्त दाबी भुक्तानी रकम रु १३ लाख निजको आमा पदम कुमारी कटुवाललाई नेपाल लाईफ इन्स्योरेन्स गाईघाट शाखाका शाखा प्रवन्धक कमल कटुवालले चेक हस्तान्तरण गर्नुभयो ।
उक्त अवसरमा नेपाल लाईफ इन्स्योरेन्स गाईघाट शाखाका शाखा प्रवन्धक कमल कटुवालले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
सो बिमा वापतको रकम परिवारले बुझेपछि मृतकको आमा पदम कुमारी कटुवालले भने आफूहरुले बिमा वापतको रकम पाएको बताएकी छिन । आमा पदम कुमारी कटुवालले भने छोराको मृत्यूले दुखित भएता पनि परिवारका लागी सो बिमा रकमले सहयोग पुगेको बताए । छोराको मृत्यु भएपछि आफूलाई पिर लागेको बताए । तर बिमाको रकम बुझ्न गाह्रो हुन्छ भन्ने भ्रम मात्र रहेको र आफुले बिमा वापतको रकम तुरुन्त पाएको मृतकका आमा पदम कुमारी कटुवालले बताए ।



ताजा खबर