शुभ नारायण यादव
सप्तरी,भाद्र १४ गते । सप्तरी महदेवा गाउँपालिका वडा नं.१ पकरी का बेचन सदाको श्रीमती ५३ वर्षिया अमिरका सदाको करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । पानी लिन भनी कल तर्फ जाने क्रममा मोटरमा जोडीएको बिजुलीको तारमा खुट्टा पर्न गई तार सट भई करेन्ट लागी घाईते भई उपचारको लागी गजेन्द्र नारायण सिह अस्पताल राजबिराज सप्तरीमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको छ । यता मृतक लाश कानुन बमोजिम लासको जाँच मुचुल्का समेतको कार्य सम्पन्न भई पोष्ट मार्टम कार्य गरी परिवारजनलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जनाएको छ ।
सप्तरीमा करेन्ट लागी एक महिलाको मृत्यु
२०७८ भाद्र १४, सोमबार १६:३९
संबन्धित खबर
© 2023 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer
