इनर्वा नाका बाट खुल्याम तस्करी सुरु,प्रहरी नायब निरीक्षक बिनोद सिंह ठकुरी मात्र आर्थिक कलेक्सनमै लिप्त

२०७८ भाद्र १४, सोमबार १६:४७

रंजित चौरसिया
पर्सा,भाद्र १४ गते ।
नेपालको एक मात्र आर्थिक नगरीको रुपमा चिनिने वीरगंज नगरीमा रहेको भन्सारबाट प्रति दिन लाखौ रुपैया अवैध धन्दा गर्नको निम्ति नेपाल प्रहरीलाई बुझाउने गरेको रहस्य उजागर भएको छ । ठूला वडा व्यपारीहरु स“ग मात्र नगरी साना—साना तस्कर लगायत घरेलु समान खरिद गरेर ल्याउनेहरु संग पनि नेपाल प्रहरीले कमाई खाने धन्दा सुरु गरेको बताइन्छ ।
नेपाल र भारतको मुख्य सीमा नाकाको रुपमा चिनिएको वीरगंज भन्सार क्षेत्रलाई कमाई खाने भाडो बनाउनको निम्ति उच्च अधिकारीहरुले प्रहरी चौकी ईनर्वामा प्रहरी नायब निरीक्षक बिनोद सिंह ठकुरीलाई नियुक्त गरेका छन । प्रहरी चौकी ईनर्वामा प्रहरी नायब निरीक्षक ठकुरी गएदिनदेखी नै आफ्नो कमाई खाने अखडाको रुपमा उक्त सीमा नाकालाई प्रयोग गर्दै आएको रहस्य बाहिरिएको हो ।
भारतबाट अवैध तरिकाले मालसमान नेपाल भित्रयाउनु पर्नेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मासिक रुपमा नजराना बुझाउनु पर्ने परम्परा चल्दै आएको कारण प्रहरी नायब निरीक्षक ठकुरी भन्सार गराएर भित्रयाउने ठूला वडा व्यपारीहरु स“ग समेत रकम उठाउने गरेको बताइन्छ । जसका कारण वीरगंज भन्सार भित्रैबाट सेटिङमा समेत कार्य सुचारु भएको छ । भारतबाट आयात हुने मालसमान वीरगंज भन्सारमा ल्याई नेपाल प्रहरी, सशस्त्र प्रहरी र एजेन्टको माध्यमले सजिलै नेपाल भित्रिने गरिन्छ ।
त्यतिमात्र नभई अवैध तरिकाले प्रहरी चौकी इनर्वा अगाडीबाटै खुल्याम तस्करी सुरु भएको छ । ठेला, टेम्पु लगायत महिलाहरुको माध्यमले खुल्याम तस्करी सुरु भएपनि प्रहरी नायब निरीक्षक बिनोद सिंह ठकुरी मात्र आर्थिक कलेक्सनमै लिप्त रहेको बताइन्छ । प्रहरी चौकी इनर्वाको मातहातमा दुई वटा प्रहरी चौकी रहेको र दुबै प्रहरी चौकी अगाडीबाटै तस्करीको लाइन सुचारु भएको छ । रातिको समयमा समेत तस्कर समुहले वीरगंज भन्सारको पछाडीको सडक प्रयोग गर्दै इनर्वा गाउमा मालसमान जम्मा गर्ने गरेको र टेम्पुको माध्यमले ल्याउने गरेको स्थानीयहरुले बताएका छन । तर प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक ठकुरी मासिक नजराना बुझे पश्चात मौन रहेको स्थानीयहरुले ठोकुवा समेत गरेका छन ।
यता सीमा सुरक्षाको निम्ति खटिएका सशस्त्र प्रहरीको समेत मिलोमतो रहेको कारण सशस्त्र प्रहरी निरीक्षकलाई कारवाहीको निम्ति तानिएको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार बोर्डर आउट पोष्ट भन्सारका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमलाई सशस्त्र प्रहरी बल २ नम्बर बाहिणीका प्रमुख डिआईजी चन्द्र प्रकाश गौतमले कारवाहीको निम्ति तानिएको बताइन्छ ।



ताजा खबर