चोहर्वामा ‘मटका फोड’ (बाँसको लिङ्गोमा झुण्ड्याएको माटोको भाडो) प्रतियोगिता सम्पन्न

२०७८ भाद्र १४, सोमबार १७:११


सिरहा,भाद्र १४ गते । कृष्ण जन्म अष्ठमीको उपक्ष्यमा सिरहाको चोहर्वामा ‘मटका फोड’ (बाँसको लिङ्गोमा झुण्ड्याएको माटोको भाडो) प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम गोलबजार नगरपालिका ७ धर्मपुरका जय कृष्ण टिम भएका छन् । त्यसैगरी दोस्रो दसै महाजन टोलका राकेश यादब टिम र तेस्रो बिजेता गोलबजार नगरपालिका १० डणडा टोल टिम भएका छन् ।
विजेताहरुलाई क्रमशः प्रथम हुनेलाई ११ हजार, दोस्रोलाई ५ हजार ५ पाँच सय ५५ र तेस्रो विजेतालाई ३ हजार एक सय सहित ट्रफि प्रदान गरेको मेला अयोजक समितिका अध्यक्ष सरोज राय ‘बव्लु’ ले जानकारी दिए ।
जन्म अष्ठमी मेला समितिले बाँसको लिङ्गो बनाई २१ फिटको उचाँईमा झूड्याएको मटका यरुवाहरु आफैमाथि खातैखात लागी चढेर फूटाएका थिए ।
समयको आधारमा कम समयमा मट्का फोड्ने प्रथम र त्यसैगरी दोस्रो तेस्रो क्रम छुट्याइएको थियो ।
स्थानीय वेवसायी प्रमोद साह र सहेव कविरले पुरस्कारले विजेताहरुलाई हस्तान्तरण गरेको मेला समितिका सचिव शिव कुमार यादवले जानकारी दिए । प्रतियोगितामा पाँच वटा समूले भाग लिएका थिए । कार्यक्रमको सञ्चालन जीवन यादवले गरेका थिए ।



ताजा खबर