पर्साको तीन पालिकामा एमालेको वडा स्तरिय भेला सम्पन्न

२०७८ भाद्र १९, शनिबार १६:३७


कृष्णा कुशवाहा
पर्सा,भाद्र १९ गते ।
पर्साको पोखरीया नगरपालिका वडा नम्बर ९ सेमरवारीवर्वामा नेकपा एमालेका वडा स्तरीय वृहत भेला सम्पन्न भएको छ । एमाले नगर कमिटी अध्यक्ष भगवान कुर्मीको अध्यक्षता एवं संबिधान सभा सदस्य राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संबिधान सभा सदस्य प्रधुम्न चौहान,प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, प्रदेश कमिटी सदस्य संजिव मिश्रा लागयतकाले धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण नगर कमिटी सचिव संतोष गिरीले सहजीकरण गरेका थिए । यसैगरी छिपहरमाई गाँउपालिका वडा नम्बर ४ तुलसीवर्वामा नेकपा एमालेका वडा स्तरीय भेला सम्पन्न भएको छ । पार्टीका गाँउपालिका अध्यक्ष प्रहलाद गुप्ताको अध्यक्षता एवं पर्सा जिल्ला अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । बैठकमा जिल्ला सचिव मनोज गुप्ता,हरिन्द्र हजरा,कमल दास तत्मा लगायतको धारणा राख्नुभएको थियो । भेलाले वडा कमिटी र युवा कमिटी गठन अध्यक्ष प्रभु हजराले जानकारी दिनुभयो ।

यसैगरी ठोरी गाँउपालिका वडा नम्बर ४ घयांगडाँडामा पनि एमालेको वडा स्तरीय भेला सम्पन्न भएको छ । पार्टीका ज्येष्ठ सदस्य तरण बहादुर मगरको अध्यक्षमा भएको भेलामा प्रमुख अतिथी पर्सा अध्यक्ष प्रभु हजरा,संबिधान सभा सदस्य जयप्रकाश थारु,जिल्ला सचिव मनोज गुप्ता,नेताहरु लालबहादुर श्रेष्ठ,ठाकुर न्यौपाने लगायतकाले धारणा राखेको थिए । कार्यक्रममा नेपाली काँग्रेस र जसपा परित्याग गरी नरबहादुर श्रेष्ठ, लालबहादुर श्रेष्ठ, रामबहादु पाखृन लगायत दुई सय जना भन्दा बढि एमाले प्रवेश गरेको अध्यक्ष हजराले जानकारी दिनुभयो । भेलाले दिलबहादुर श्रेष्ठको अध्यक्षतमा १०१ सदसिय वडा कमिटी समेत गठन गरेको छ । नवगठित सुमितको सचिवमा रामकाजी स्यांग्बो रहनु भएको छ । त्यसैगरी निरबहादुर गोलेको संयोकत्वमा ५१ सदसिय युवा संघको गठन समेत गरिएको एमालेका ठोरी गाँउपालिका अध्यक्ष खगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।



ताजा खबर