बालमैत्रि विद्यालयको लागि युवाको भुमिका बिषयक छलफल कार्यक्रम सम्पन्न

२०७८ भाद्र २०, आईतवार १६:०९


कृष्णा कुशवाहा
पर्सा,भाद्र २० गते ।
पर्साको बिन्दवासिनी गाँउपालिकामा आज बालमैत्रि बिद्यालयको लागि युवाको भुमिका बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाको सहकार्य र शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिती पर्साको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत मुन्ना साहको आतिथ्यतामा कार्यक्रम सम्पन्न कार्यक्रममा २० जनाको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाँउपालिका प्रमुख कानुले पालिका अर्न्तगत रहेका सबै विद्यालयहरुको सर्वेक्षण गर्ने , बालबालिकाहरुको लागि भोला शैक्षिक समाग्री तथा किसोरीहरुलको लागि प्याड बितरण गर्ने बताउनुभयो । उहाँले बालमैत्रि विद्यालय संचालनको पुनः अर्को बैठक बसी अगाडी बढाउने र सो का लागि बजेट बिनयोजन गर्ने समेत जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका प्रअ, सरोज प्रसाद चौहान, एनसि नेपालका यौंग च्यामपयन निसा राइ, आनन्द कुमार यादव, सर्वहित क्लब अमरपट्टीका सचिव राजेश्वर प्रसाद चौरसिया, पालिकाको कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।



ताजा खबर