राराब कलेजमा कर्मचारीको रजाइ ,ड्युटी आवरमै मस्त निद्रामा (भिडियोसहित)

२०७८ भाद्र २०, आईतवार १६:४०


जीतेन्द्र कुमार राम
धनुषा,भाद्र २० गते ।
प्रदेश नं. २ मा शिक्षा क्षेत्रमा बहुमुखी क्याम्पसको रुपमा रहेको एक बिश्वबिधालयका कर्मचारी ड्युटी समयमा नै अफिस भित्र मस्त निद्रामा रहेको अवस्थामा भेटिएको छ । प्रदेशकै अस्थायी राजधानी जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी कलेजका एक कर्मचारी निदाइरहको अवस्थामा फेला परेको हो ।

राराब क्याम्पसको बिज्ञान ब्लकको कोठा संख्या एस २ को स्टोर कोठाका कर्मचारी ड्युटी समयमै दिनको १२ बजे मस्त निद्रामा देखिएका हुन । ब्लकको सम्पुर्ण कागजात,यतिकै खुला रुपमा रहेको कोठा खुलेको अवस्थामा नाम थाहा नभएको एक कर्मचारी बिजुली पंखा चलाइ थकित जस्तो सुत्ने गरि सुतेको भेटिएको हो। राराब कलेज कैयो दशकदेखी बहुप्रतिष्ठिट रहेको तथा तराइ क्षेत्रमा उच्च अध्ययनको लागि एक मात्र विकल्प रह्दै आएको छ।

शिक्षण पेशामा जिम्मेवारी एक ठूलो पदभार रहेको तथा कुनै कागजात यताउती भए ठुलै जवाफदेहिता भोग्नुपरेको रहेपनी उक्त कर्मचारी भने जिम्मेवार बिहिन जस्तै सबै कागजातलाइ अलपत्र अवस्थामा छोडेर सुतिरहेको पाइएको हो ।

(भिडियोसहित)



ताजा खबर