ठेकेदारको दादागिरीःमजदुरी माग्न गएका मजदुरलाई हात खुट्टा भाचिदिने धम्की (भिडियो सहित )

२०७८ भाद्र २०, आईतवार १७:०४


जीतेन्द्र कुमार राम
धनुषा,भाद्र २० गते ।
यसपटक अन्य आर्थिक बर्षभन्दा कैयौ गुना बिकास सडक,नाला,बाटोघाटो लगायत बिकास निर्माणका भएका छन।जसमध्ये सडक उच्च स्थानमा पर्दछन।तर एक घाट निर्माण कम्पनीले मजदुरी माग्न गएका मजदुरलाई हातखुट्टा भांचिदिने धम्की दिएको आरोप मजदुरहरुले लगाएका छन।

धनुषाको सवैला नगरपालिका १२ को टोकि र रघुनाथपुर को बिचमा पर्ने टोकिको नहरमा घाट बनाएका निर्माण कम्पनी धामी कन्स्ट्रक्सनले निर्माण कार्यमा खटेका ३१ मजदुरहरुलाइ पैसा नदिइ हातखुट्टा भाचिदिने धाकधम्की दिएको आरोप एक कर्मचारी महेन्द्र पासवानसहितका मजदुरहरुले लगाएका छन।

मिश्रा कन्स्ट्रक्सनको ठेक्का रहेतापनि आधा काम सकेपछी असार मसान्त शुरु भइ खोलामा पानी आएपछी उक्त काम ती कम्पनिले छोडेका थिए।तत्पश्चात टोकिकै धनिकलाल धामिको कन्स्ट्रक्सन कम्पनी त्यतिपछी काम गर्ने कागजपत्र बनाएपछी काम समाप्त गरियो।

धामी कन्स्ट्रक्सनले काम शुरु गर्दा मिश्रा कन्स्ट्रक्सनको समयमा आफू ३१ जना मजदुरको मजदुरी बाकी रहेको तथा मजदुरी दिए मात्र काम अघि बढाउने माग गर्दै उनिहरुले काम रोकेका थिए।त्यसपछि धामि कन्स्ट्रक्सनले सवैको पैसा दिने मौखिक सहमति पछि काम शुरु गरियो।

काम समाप्त भएपछि पैसा माग्न पुग्दा ठेकेदारले पैसा नदिने,बढी यताउती गरे हातखुट्टा भाचिदिने तथा इलाका प्रहरी सवैला र प्रहरी चौकी बरमझियामा ५०÷५० हजार दिई सवैलाइ चुप लगाउने समेत पासवानले जनाए।

मजदुरहरुले आफुहरुको लगभग दुइलाख जति बाकी रहेको तथा सहमती समय धामी कन्स्ट्रक्सनले १ लाख ४५ हजार मात्र रहेको लिखितम कागज दिइएको पिडितले देखाए।

यता धामी कन्स्ट्रक्सनका संचालक धनिकलाल धामिले मिश्रा कन्स्ट्रक्सनको काम समय सवै निर्माण सामाग्री लगायत सिमेन्ट,बालुवा,इट लगायतका सामाग्रीहरु त्यही रहेको र त्यही सामाग्रीबाट काम सिध्याउने गरि सहमती भएको एवं मजदुरहरुले सवै सामाग्री हात पारेर घरमा राखी नदिएको तथा सवै सामान दिए मात्र मजदुरी दिने बताए। निज कम्पनी संचालकले कुनै प्रकारको धाकधम्कि नदिएको तथा पानी खान गएका धामी उपर समेत हातपात गरिएको धामिले मनकामना पोष्टलाइ बताए।

भिडियो

https://www.youtube.com/watch?v=HugRhrc8M6k
ठेकेदारको दादागिरीःमजदुरी माग्न गएका मजदुरलाई हात खुट्टा भाचिदिने धम्की (भिडियो सहित )



ताजा खबर