सङ्खुवासभाको मादीमा एकै परिवारका ६ जनाको ‘सामूहिक हत्या’

२०७८ भाद्र २१, सोमबार ०७:०७


सङ्खुवासभा,भाद्र २१ गते । सङ्खुवासभाको मादी नगरपालिका १, खोला गाउँमा एकै परिवारका ६ जनाको शङ्कास्पद अवस्थामा शव फेला परेको छ । सबै हत्या भएको आशङ्का गरिएको छ । मृतकको टाउको र शरीर भर धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्थानीय तेजबहादुर कार्कीको घरमा यो घटना भएको प्रहरीले जनाएको छ ।

कार्कीको घरमा चहलपहल नभएपछि स्थानीय छिमेकीले हेर्दा सबै मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको हो । शव फेला पर्नेहरूमा ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीय पार्वता कार्की, श्रीमती ५६ वर्षीय मनमाया कार्की, २८ वर्षीय बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीय नातिनी गोमा कार्की छन् ।

घटनाको थप विवरण बुझ्नका लागि डिएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थलतर्फ पुग्दै छ ।

१ नं. प्रदेश प्रहरी कार्यालयका डिआइजी अरुण कुमार बिसीका अनुसार सबैको धारिलो हतियारबाट हत्या भएको पुष्टि गरे । ‘डिएसपीसाँव सहितको टोली घटनास्थल पुग्नै लागेको अवस्था छ’ बिसीले भने ‘पुगेपछि सबै विवरण खुल्ने छ ।’ कार्कीको घर भित्र र बाहिर आँगनमा शव भेटिएको बताए ।



ताजा खबर