अमेरिकासँग चिठ्ठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गरौँ ः डा. भट्टराई

२०७८ भाद्र २१, सोमबार ०७:३०


काठमाडौं,भाद्र २१ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहमति कायम गरेर अमेरिकासँग चिठ्ठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गर्नुपर्ने उनको तर्क रहेको छ । एमसीसीको विषय राष्ट्रिय बहस बनिरहेको बेला भट्टराईको यस्तो भनाइ आएको हो ।
उनले लेखेका छन्, यसमा राष्ट्रिय सहमति गरौँ ः १. उच्चस्तरीय राजनीतिक÷कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौँ; २. चीनसँगका द्यच्क्ष्, पारवहनलगायत सम्झौता कार्यान्वयन गरौँ; ३.अमेरिकासँग चिठी आदानप्रदान सहित ःऋऋ कार्यान्वयन गरौँ ! युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौँ । साभारःरातोपाटी



ताजा खबर