हामी लोकल पत्रकार,तपाईंको कुन ओहोदावाला ?

२०७८ भाद्र २१, सोमबार ०७:५४


सप्तरी,भाद्र २१ गते । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामे केहि दिनयता सप्तरीमा कागजमै प्रक्रिया पुर्याएर उपभोक्ता मार्फत योजनाको रकम सिध्याउने प्रकरण चर्चामा आएको छ। राष्ट्रियस्तरको टेलिभिजनले समेत कोभर गर्न थालिरहेको छ। भुगौलमा कार्यरत केही युवा पत्रकारहरुले महालेखा परिक्षणको प्रतिवेदन अध्ययन गरेर हिनामिनालाई जनता समझ पुगाउने काम गरिरहेका छन।तिलाठी कोइलाडी गाउँपालिका भित्र अचेल यी विषयमा टिप्पणी हुन थालेपछि राष्ट्रिय समाचारको रुपमा चर्चा पाएको हो। यसैबीच राष्ट्रिय स्तरको न्युज२४ टेलिभिजनमा तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा र अध्यक्ष सतिश कुमार सिंहले आनन्द पुर्वक प्रस्तोतासंग दोहोरी खेलिरहेको देखेँ ।एउटाले राष्ट्रियस्तरको टिभीमा यसबारे आफू जानकार नरहेको जनतालाई भ्रम सृजना गरे भने अर्कोले कतर्कहिन शब्दहरु प्रस्तुत गरिरहदा यस्तै गन्दगी सफाइ गर्ने युवा पत्रकारहरुलाई लोकल पत्रकार भनेर हेप्न खोजे।अध्यक्ष ज्यु!!हामी लोकल मात्रै हैन ।हाम्रो क्षमता र क्रियाशीलताले जहाँ सम्म पुग्न सक्छौ,तथ्य खोज गर्न सक्छौ ।प्रमाण जुटाउनसक्छौ ।हामी कसैको केहि नसुनी निरन्तर गन्दगी सफाईमा लागी रहन्छो।किनभने जनताको पहरेदार हामी हौं । अध्यक्ष ज्यु! खाडो नदिमा कसरी जोलेङ्गे पुल निर्माण गर्ने अध्ययन थियो ? नेपाल सरकारको सशर्त अनुदान तर्फ दुई करोड भन्दा बढी लागतको योजनालाई कसरी उपभोक्ता मार्फत पेश्की दिन मिल्यो ? त्यसमा पनि ७५ लाख भन्दा बढीको भुक्तानी ! लोकल पत्रकार भन्ने तपाईं राज्यको कुन ओहोदावाला ? हाम्रा केही ईमानदार पत्रकारलाई मानसिक, आर्थिक तनाव दिने अराजकता कहिलेसम्म? इमानदार युवा पत्रकारलाई जागीरबाट हटाइदिने धम्की दिने तपाईंको ? अब देखी मिडियामा बोल्दा शब्द प्रस्तुतिको ख्याल राखिइयोस !



ताजा खबर