नेकपा एमालेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

२०७८ भाद्र २१, सोमबार १७:२२


राजिव शाह
सर्लाही ,भाद्र २१ गते ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सोमबार मलंगवा स्थित उद्योग बाणिज्य संघको सभाहल मलंगवामा सम्पन्न भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष राजनरायण साहको अध्यक्षता तथा पुर्व उपप्रधान परराष्ट्र एवं यातायात मन्त्री रघुबिर माहासेठको प्रमुख आतिथ्यता भेला सम्पन्न भएको हो । उक्त अगुवा कार्यकर्ता भेलामा केन्द्रीय स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल ,पुर्वमन्त्री बद्री न्यौपाने , संविधान सभा सदस्य हरि उप्रेती , रंजना सरकार ,केन्द्रीय सदस्य सुमन प्याकुरेल , पुर्व जिल्ला अध्यक्ष रेवती पन्त ,इश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटा ,हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं लगायत सर्लाही जिल्लाभरीका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । भेलाको आयोजना नेकपा एमाले जिल्ला समिति सर्लाहीले गरेको थियो ।



ताजा खबर