काठमाडौं,भाद्र २१ गते । सरकारले अमेरिकी परियोजना एमसीसी पास गर्ने तयारी गरेकोप्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएको छ । सोमबार विद्यार्थी संगठनका तर्फबाट अखिल क्रान्तिकारीका रञ्जित तामाङ, अनेरास्ववियुका सुदेश पराजुली र अखिल छैठौका विमल पोखरेलले विज्ञप्ति जारी गर्दै जबर्जस्ती एमसीसी पारित गरे कडा प्रतिकार र संघर्ष गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले नेपालको विद्यार्थी आन्दोलनले एमसीसीमा रहेका राष्ट्रहित विपरीतका सम्पूर्ण प्रावधानहरु खारेज गर्न माग समेत गरेका छन् । ‘अमेरिकी साम्राज्यवादी उद्देश्य पूरा गर्ने उद्देश्यले ल्याइएको एमसीसी परियोजनाले देशको सार्वभौमसत्तामाथि आँच पुग्नेछ भने असंलग्न परराष्ट्रनीतिलाई खण्डित गर्नेछ’ विद्यार्थी संगठनले भनेका छन्, ‘जोर जबर्जस्तीपूर्ण ढंगले एमसीसी परियोजना अगाडि नबढाउन र त्यसरी अगाडि बढाइएमा कडा प्रतिकार गर्ने र संघर्षलाई अगाडि बढाउने चेतावनी दिन चाहन्छौं ।’
विद्यार्थीहरुले नेपालका राजनीतिक शक्तिमाथि विभिन्न दबाब दिएर एमसीसी नेपालमाथि जबर्जस्ती लाद्ने प्रयत्न भएको भन्दै कुनै पनि विदेशी सहयोगहरू जबर्जस्ती लादिने विषय नभएको बताएका छन् ।साभारःरातोपाटी
एमसीसी अघि बढाए कडा प्रतिकार गर्ने विद्यार्थी संगठनको चेतावनी
२०७८ भाद्र २१, सोमबार १८:१०
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer