प्रिशा बस्नेत
ताप्लेजुङ,भाद्र २२ गते । कमेडी च्याम्पियनको उत्कृष्ट ३(फाइनलिष्ट)मा पर्न सफल भरतमणि पौडेललाइ गृह जिल्ला ताप्लेजुङमा भव्य स्वागत गरिएको छ । पौडेललाई ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्याली सहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङ सहित भेषभुषामा सजिएका नागरिकहरुको उल्लेख्य उपस्थितिमा नगरपरिक्रमा गराइएको थियो । उहाँको स्वागतमा फुङ्लिङ बजारका नागरिकले स्र्फुत रुपमा घरको अगाडि घडा सजाएका थिए । कमेडी च्याम्पियन सिजनको २ को उपाधि चुम्न सक्ने शुभकामना दिदैं ताप्लेजुङका नागरिकले फुल,माला,खदा र अबिर प्रदान गरेका थिए । पौडेलले काबेली बजारबाट आर्शिवाद लिदैं फुङलिङ बजार परिक्रमा गर्नु भएको थियो । उहाँको सम्मानमा नगर क्षेत्रका हरेक नागरिकले सडकमा निस्किएर ताली बजाउँदै‘भरतमणि हाई–हाई भन्दै उहाँलाइ अझ प्रगतिको शुभकामना दिएका थिए । ‘मेरो कलाको सम्मानका लागि उहाँहरुले गर्नु भएको यो कार्यलाइ मेरा पक्षमा गरिएको प्रार्थना नै सम्झिएको छु’पौडेलले भन्नुभयो । उहाँले मतको अपिल समेत गर्नु भएको छ ।‘अब एकपटक फेरी मेरो कलाको सम्मानका लागि तपाँइहरुले भोट खर्चेर कमेडी च्याम्यिपन सिजन २ को बिजेता बनाउन पहल गर्नुपर्ने छ’पौडेलले भन्न्ुभयो ।
ताप्लेजुङबाट कमेडी च्याम्पियनका फाइनलिष्ट भरतमणिलाई गृह जिल्लामा भव्य स्वागत
२०७८ भाद्र २२, मंगलवार १५:५२
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer