ताप्लेजुङ भाद्र,२२ गते । ताप्लेजुङमा जिसस उपप्रमुख ,दुईवटा गाउँपालिकाका उपाध्यक्ष र ५ वटा वडाका वडाअध्यक्ष सहित २१ जनाले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।आठराई त्रिविणि गाउँपालिका उपाध्यक्ष मन्जु पौडेल भट्टराई सहित मंगलबार आज ७ जनाले सनाखत गरे संगै एकीकृत समाजवादीमा जानेको संख्या २१ पुगेको छ ।
फुङ्लिङ नगरपालिका २ का वडा अध्यक्ष तथा नगरपालिका प्रबक्ता मोहन न्यौपाने ,मैवाखोला गाउँपालिका २ का वडाअध्यक्ष सुरेन्द्र लिम्बू र फुङ्लिङ नगरपालिका कार्यापालिका सद्स्य नेता कुमारी सिवाले सनाखत गरेका छन् । यसैगरी फुङ्लिङ नगरपालिका २ का वडासद्श्य धनबहादुर लिम्बू,आठराई त्रिवेणि गाउँपालिका ३ का वडासद्श्य गङाप्रसाद याक्सो र मैवाखोला गाउँपालिका २ का वडासद्श्य दानुपु शेर्पाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
यशअघि जिल्ला समन्वय समिति उपप्रमुख देविमाया नेपाली,मेरिङ्देन गाउँपालिका उपाध्यक्ष कल्पना तुम्वाहाम्फेले सनाखत गरेका थिए । मेरिङ्देन गाउँपालिका ६ का वडाअध्यक्ष ठाकुर सिंह लिम्बू,वडा नम्बर २का वडाअध्यक्ष गणेश प्रसाद भणडारि ,आठराई त्रिवेणि गाउँपालिका ४ का वडाअध्यक्ष डम्बर बहादुर लिम्बू र मैवाखोला गाउँपालिका २ का वडाअध्यक्ष सुरेन्द्र लिम्बु रहेका छन । जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी विपिन दुलालले २१ जनाले सनाखत गरेको जनाकारी दिनु भयो ।
ताप्लेजुङमा जिसस उपप्रमुख र दुई गाउँपालिका उपाध्यक्ष सहित २१ जनाले रोजे एकीकृत समाजवादी
२०७८ भाद्र २२, मंगलवार १६:२५संबन्धित खबर
© 2024 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer