राजिव शाह
सर्लाही,भाद्र २२ गते । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) छोडेर नयाँ पार्टीमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन आयोगको कार्यालयमा सनाखत गरे संगै सनाखत कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार प्रदेश २ को सर्लाहीमा बेलुका ५ बजे सम्म एकीकृत समाजवादी नेकपा तर्फ ४८र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा तर्फका १३९ जना जनप्रतिनिधि नयाँ पार्टी प्रवेश गरेको जिल्ला निर्वाचनको कार्यालयले जनाएको छ । जनप्रतिनिधिले पुरानो पार्टी छोडेर जिल्ला निर्वाचनको कार्यालयमा नयाँ पार्टीमा गएको जानकारी गरेका हुन्।
गत २ भदौमा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन भएको हो। त्यस अनुसार, निर्वाचन आयोगले दुवै दलका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म नयाँ पार्टीमा जानसक्ने समय अबधि दिएको निर्वाचन अधिकृत सुबोध महतोले जानकारी दिए । निर्वाचन कार्यालय सर्लाहीमा शान्ति सुरक्षाको मध्यनजर गर्दै कार्यालयमा सुरक्षा सतर्कता बढाइएको थियो ।
निर्वाचन आयोगको कार्यालय सर्लाहीमा १ सय ८७ जनाले नयाँ पार्टीका लागि सनाखत गरे
२०७८ भाद्र २२, मंगलवार १६:२७
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer