राजिव शाह
सिर्लाही,भाद्र २४ गते । सर्लाहीको कबिलासी नगरपालिका ६ मदनपुरको सडक मर्मत नहुदा जोखिम मोलेर यात्रा गर्नु परेको छ । बिश्व बैंकले निर्माण गरेको सडकमा अबिरल वर्षाका कारण भत्केका सो सडकको मर्मत सम्भार हुन सकेको छैन ।
सर्लाहीको कबिलासी नगरपालिकामा पर्ने मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ ।
मुख्य सडकको रुपमा रहेको यो सडक २ बर्ष अघि बिश्व बैंकको सहयोगमा हरिवन देखि मोतीपुर सम्म करिव ३० किलोमीटर कालोपत्रे गरिएको थियो । कबिलासी नगरपालिका–६ मदनपुरमा सडकखण्डको विभिन्न ठाउँमा ठूल–ठूला खाल्डाखुल्डी भएको छ ।
कालोपत्रे सडकको विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकोले दुर्घटनाको जोखिम बढेको स्थानीयहरुले बताउँछन् ।
दैनिक हजारौं सवारी साधन आवागमन गर्ने सो सडक भत्केर कुरुप बन्दा पनि सम्बन्धित निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासीको शिवशंकर यादवले गुनासो गरे ।
अबिरल वर्षाका कारण भत्केका सो सडकको मर्मत सम्भार हुन सकेको छैन ।
हरिवन नगरपालिका देखि चक्रघाटा गाउँपालिकाको
विभिन्न ठाउँमा सडकको कालोपत्रे फुटेर ठूल–ठूला खाल्डाखुल्डी भएको छ । सो खाल्डाखुल्डीमा अहिले वर्षाको पानी जमेको छ जस्का कारण दिनहु जसो सवारी दुर्घटना भइरहेको छ ।
मुख्य सडक जिर्णहुदा सर्वसाधारणलाई सास्ती भएको छ । सडकको अवस्था सुधार नहुँदा सर्वसाधारण यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन ।
खाल्डाखुल्डीका कारण उक्त सडकको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीहरुको भनाइ छ । ठूल–ठूला खाल्डाखुल्डीले पैदलयात्रीलाई आवतजावत गर्न समेत समस्या भइरहेका छन् ।
वर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुको साथै स्थानीयवासीलाई सास्ती व्यहोर्नुपरेका छन् । मुख्य सडकमा पैदलयात्री आवतजावत गर्नेलाई पनि कठिनाई भइरहेको छ । सडकमा जोखिम मोलेर भए पनि चालकहरुले यातायात सञ्चालन गर्ने गरेका छन् ।
उक्त सडकको अवस्था जिर्ण भइ दुर्घटनाको जोखिम बढेपनि कबिलासी नगरपालिकाले सडक मर्मत सम्भार गर्न कुनै चासो नलिएको स्थानीय यादवले गुनासो गरे ।
यता वडा अध्यक्ष कोदई मुखियाले भने यो बिश्व बैंकले निर्माण गरेको सडक भएकोले यसमा नगरपालिकाले स्तरोन्नति गर्न नमिले प्रतिक्रिया दिएका छन् ।
वडाअध्यक्ष कोदइ मुखियाले भने, कबिलासी नगरपालिका,६ मदनपुर बजार लगायत विभिन्न ठाउँको सडकको अवस्था जिर्ण भएको बताउँछन् ।
बिश्व बैंकले गरेको सडक कालोपत्रे २ बर्ष नबित्दै ठाउँठाउँमा भत्किनु गुणस्तरीय काम नभएको नगरपालिकाले आरोप लगाएका छन् । २ बर्षमै सडक भत्किनु र मर्मत गर्न तर्फ ध्यान नदिदा कबिलासी नगरपालिकाले स्थानीय नगरवासीलाई पिडा थपिएको बताउँछन् ।