सिरहा,भाद्र २४ गते । नेकपा माओवादि केन्द्र निकट युवाहरुको सँगठन वाइसिएलको भेला सम्पन्न भएको छ । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५ का वडा स्तरीय भेला सम्पन्न गरिएको हो ।
उक्त भेलामा वाइसिएलका मिर्चैया नगरपालिकाका नगर अध्यक्ष विजय कुमार महतोको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा ने.क.पा.माओवादी केन्द्र प्रदेश नं.२ का प्रदेश कमिटि सदस्य र मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादबको उपस्थिति रहेको थियो । अतिथिको रुपमा वाइसिएलका प्रदेश कमिटी सदस्य संजय मण्डाल, वाइसिएलको नेताहरु राजेन्द्र साह,विनोद महतो,सिकिया यादब लगायतको विशेष आथित्यता रहेको थियो ।