शुभ नारायण यादव
सप्तरी,भाद्र २५ गते । सप्तरीमा एके दिन भएको छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ ।
सदरमुकाम राजबिराज नगरपालिका वडा नम्वर ५ स्थित राजविराज–कुनौली सडक खण्डमा बिहीबार साँझ बिष्णुपुर तर्फ जादै गरेको को ७ प ४४१० नम्बरको मोटरसाइकललाई बिपरित दिसातर्फ आउँदै गरेको स १ त २८७८ नम्बरको ट्याक्टरले ठक्कर दिएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सबार विष्णुपुर गाउँपालिका वडा नम्वर ५ कट्टी बस्ने ६० बर्षीय लेल्है खंगको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा घाईते भएका उहाँको उपचारको क्रममा मृत्यु भएको तथा शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा राखिएको प्रहरीले जनाएको छ।
ठक्करले मोटरसाइकल चालक महेन्द्र महतो घाइते भएका छन् । ठक्कर दिने ट्याक्टर र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिनुभयो ।
यसैगरी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ३ सखरपुरा बस्ने बिनोद ठाकुरको ११ वर्षीय छोरा चन्दन ठाकुरको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको प्ररहीले जानकारी दिनुभयो ।
चन्दनले आफ्नै घरमा जडा गरिएको डिस होमको रिसिभरलाई सफा गने क्रम्मा उहाँलाई करेन्ट लागेर घटना स्थलमा नै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिनुभयो ।
शव पोस्र्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको प्रहरीले जानकारी दिनुभयो ।
यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ३ कचन्दाहा बस्ने २५ बर्षीय कृष्ण मण्डलको पोखरीमा डुबेर मृत्यु भएको छ ।
बिहीबार साँझ घर नजिकैको सार्वजनिक पोखरीमा डुबेर उहाँको मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो । मृतक छारे रोगको बिरामी रहको बुझिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
सप्तरीमा एके दिन छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
२०७८ भाद्र २५, शुक्रबार ०९:१५
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer