पर्सा प्रहरीले सरकारी कागज छाप दस्तखत किर्ते मुदाका फरार प्रतिवादीलाई पक्राउ

२०७८ भाद्र २५, शुक्रबार ०९:२१


पर्सा,भाद्र २५ गते । पर्सा प्रहरीले सरकारी कागज छाप दस्तखत किर्ते मुदाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ५ बस्ने ४८ वर्षीय मदन मिश्रा रहेका छन । पर्सा जिल्ला अदालतको लागत नम्बर १५५८ को मिति २०७५ ÷०५÷१५ गरेको फैसलाले मिश्रलाई १ वर्ष कैद र १ ,२५००००० ( एक करोड पच्चीस लाख ) जरिवाना तोकिएकोमा हलसम्म फरार रहेको हुँदा मिश्रलाई गाउँघरमा बस्दै आएको सूचनाको आधारमा मिति २०७८ ÷०५ ÷२४ गते बेलुका १८ः०० बजेको समयमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका मिश्रलाई आजै सम्मानित पर्सा जिल्ला अदालत बुझाइने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए।



ताजा खबर