मिर्चैयामा गणेश पुजाको अवसरमा कलश यात्रा

२०७८ भाद्र २५, शुक्रबार ११:५५

सिरहा, भाद्र २५ गते । मिर्चैया गणेश चतुर्थिको अवसरमा मिर्चैया नगरपालीका वडा नं.६ गणेशटोलले वर्षे लगाउँदै आइरहेको गणेश महोत्सव यसवर्षपनि कलश यात्रा सहित शुभारम्भ भएको छ । गणेश पुजाको अवसरमा कलश शोभा–यात्रा सहित मिर्चैया परिक्रमा गरिएको छ । मिर्चैया नगरपालिका वडा ६ गाणेशटोलमा आयोजना गरिएको गणेश पुजा स्थलबाट गाँजाबाजा सहित निकालिएको शोभा–यात्रा गरेका छन् ।
गणेशको जन्म भएको सम्झनामा भदौ शुक्ल चतुर्थीको दिन प्रत्येक बर्ष पुजा गरिने परम्परा रहेको छ । हिन्दू धर्मावलम्बीले कुनै काम सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । गणेशलाई लड्डु चढाएर पुजा गर्दा मनोकामना पुरा हुने विश्वासले गणेश मन्दिर र प्रतिमा निर्माण गरिएको स्थलहरुमा भक्तजनहरुको भिर लागेका छन् ।



ताजा खबर