अभियान्ता राहुलको नेतृत्वमा विराटनगरको सडकमा ‘जेब्राक्रस’

२०७८ भाद्र २६, शनिबार ११:१९

विराटनगर,भाद्र २६ गते । विराटनगर महानगरपालिका भित्रको चौकहरूमा ‘जेब्राक्रस’ गरिने अभियानको सुरूवात भएको छ । सामाजिक युवा अभियान्त राहुल भट्टराइको नेतृत्वमा विराटनगर भित्रको सडकका मुख्य चौक अगाडीको पिच सडकहरूमा जेब्राक्रस राख्ने अभियान शनिबारदेखि सुरू गरिएको हो ।

केएनपी जापन प्रालिको सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सहकार्यमा विराटनगर महानगरपालिका भित्रको तीन दर्जन भन्दा बढी स्थानमा जेब्राक्रस बनाउने अभियान सुरू भएको सामाजिक युवा अभियान्त राहुल भट्टराईले जानकारी दिए । ‘अहिले विराटनगरका मुख्य चौकको सडकहरूमा जेब्राक्रस छैन । गरिएको जेब्राक्रसको रंग पनि उडेर गएको छ,’ अभियान्त भट्टराईले भने, ‘पैदलयात्रीलाई सडकको बाटो काट्दा सहजता प्रदान होस भन्ने उद्देश्यले अहिले विराटनगरको ३० भन्दा बढी स्थानमा जेब्राक्रस राख्ने हाम्रो लक्ष्य छ ।’ विराटनगर भित्रको सडकमा जेब्राक्रस राख्ने अभियानको सुरूवात प्रराम्भ भएको छ । शनिबार विराटनगर – ९ ट्राफिक चौकको सडकमा जेब्राक्रस गरेर यो अभियानको सुरूवात गरिएको उनले बताए । ट्राफिक चौकपछि विराटनगरको जलजलाचौक, गोल्छाचौक, डिएसपी रोडलगायतको विभिन्न सडकहरूमा जेब्राक्रस राखिने उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले सवारी दुर्घटना रोक्न मुख्य सडकमा जेब्राक्रस राख्नुपर्ने बताए । ‘अहिले सवारी साधनको चाप बढेर गएको छ । त्यही भएपनि मुख्य सडकहरूमा जेब्राक्रस राख्नुपर्दछ । जसले गर्दा पैदलयात्रीलाई आवगमनमा सहजता हुनेछ,’ ट्राफिक प्रहरी निरीक्षक खड्काले भने । केएनपी जापन झापाको डिपो व्यवस्थापक कौशल चौधरीले ट्राफिक प्रहरी र सामाजिक अभियान्त राहुल भट्टराइको समन्वय र सहकार्यमा विराटनगर महानगरपालिका भित्रको सडकमा जेब्राक्रस राख्ने अभियान सुरु गरिएको बताए ।



ताजा खबर