काठमाडौं उपत्यकामा ३५७ संक्रमित थपिए

२०७८ भाद्र २६, शनिबार ११:२१

काठमाडौं,भाद्र २६ गते । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नौ हजार ८४० वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर ९९४ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ३५७ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै २८९ जना छन् । यस्तै, ललितपुरमा ८५ र भक्तपुरमा ४२ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर १२ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर एक हजार ३६८ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।



ताजा खबर