सवैलामा दुर्गा पुजाको ध्वज स्थापित गरेसंगै बिधिबत तयारी आरम्भ,प्रात सन्ध्या आरती आज देखि शुरु

२०७८ भाद्र २६, शनिबार १६:१९

जीतेन्द्र कुमार राम
धनुषा,भाद्र २६ गते ।
धनुषाको सवैलामा ऐतिहासिक दुर्गा पुजाको बसकट्टी संगै ध्वज स्थापित पछि आजदेखी सन्ध्या प्रात आरती र बिधिबत तयारी शुरु भएको छ।

धनुषा सहित यस क्षेत्रमै प्रसिद्व र ठुलो मानिने धनुषाको सवैला स्थित माँ दुर्गा भवानी मेलाको विधिवत तयारी शुभारम्भ भएको छ ।नवरात्र शुरु भएसंगै ११ दिनसम्म रौनक देखिने दुर्गा पुजाको आज बसकट्टी कार्यक्रम भब्यताको साथ सफल बनाइएको दुर्गा भवानी प्रतिष्ठानको अध्यक्ष बिरेन्द्र नायकले बताए।

नजिकैको फुलबारीमा हजारौ मानव जनसागर सहित पंडित पुरोहितले पुजा अर्चना गरि बसकटटी एवं ध्वज स्थापित गरिएको हो।

सवैलामा माँ दुर्गालाई पुजा पाठ र भाकल गरे मनोकामना अवयश्क पुरा हुने श्रद्धा र विश्वास व्याप्त रहेको र घटस्थापना देखिको पुजापाठ र मेला मात्र नभई एकादशीका दिन भसौनी कार्यक्रममा लाखौंको भिडभाड समेत मेलाको थप आकर्षण बढाउने गरेको आयोजक प्रतिष्ठानका सचिव नथुजी यादव (हरेराम)को भनाई छ ।

अष्टमी देखि दशमी सम्म बोकाबली प्रदान हुने, घटस्थापना देखिनै मेला सुरु भई सप्तमी देखि एकादशी सम्म मेला लाग्ने भएकाले सवैलाको मेला प्रसिद्व छ ।मेलामा पहलमानी तथा अन्य खेलकुद सहितका गतिविधीले पनि रोचकता बढाएको हुन्छ ।



ताजा खबर

error: Content is protected !!