विभिन्न पार्टी परित्याग गरि कल्याणपुरमा २ सय ५० जना ने.क.पा.(माओवादी केन्द्र) पार्टीमा प्रवेश

२०७८ भाद्र २६, शनिबार १६:५७

सिरहा,भाद्र २६ गते । सिरहा जिल्लाका कल्याणपुर नगरपालिका वडा नं.१ मा २ सय ५० जना विभिन्न पार्टी परित्याग गरि नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र) पार्टीमा प्रवेश गरेका छन् ।
कल्याणपुर नगरपालिका वडा नं.१ मा आयोजित नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र) पार्टी प्रबेश कार्यक्रममा कल्याणपुर नगरपालिकाबाट विभिन्न पार्टी परित्याग गरि २ सय ५० जनाले पार्टीमा प्रबेश गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र)मा प्रबेश गरेको सवैलाई अबिर फुुल माला लगाई स्वागत साथ प्रवेश गराएको ने.क.पा.माओवादी केन्द्र प्रदेश नं.२ का प्रदेश कमिटि सदस्य र मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादबले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा ने.क.पा.माओवादी केन्द्रका नेता कारी मंडलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा ने.क.पा.माओवादी केन्द्रका नेता महिन्द्र पासमान,बिशिष्ट अतिथिको रुपमा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला समन्वय समिति सिरहाका इन्चार्ज पुर्व कानुन मन्त्री अजय शंकर नायक(अभिनाष),ने.क.पा.माओवादी केन्द्र प्रदेश नं.२ का प्रदेश कमिटि सदस्य र मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादब, कर्जन्हा नगरपालिकाका नगरप्रमुख गंगा पासमान,कर्जन्हा नगरपालिकाकाा उपप्रमुख ज्ञान कुमारी श्रेष्ठ, सिरहा निर्वाचन क्षेत्र नं.४ को ‘क’ प्रदेशसभाका सांसद दिलिप साहलगायका बुद्धिजिवी,समाजसेवी,नगरवासी, संचारकर्मीहरुको सहभागितामा सम्पन्न भएको थियोे ।



ताजा खबर

error: Content is protected !!