अखिल (क्रान्तिकारी)को जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम

२०७८ भाद्र २७, आईतवार १८:३०


राजरिाज,भाद्र २७ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन (क्रान्तिकारी)को जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम आइतबार जिल्ला संयोजक रंजित मंडलको अध्यक्षता तथा प्रदेश २ का सदस्य महेश प्रसाद यादवको प्रमुख आतिथ्यमा एक कार्यक्रम विच यहा सम्पन्न भएको छ । प्रमुख आतिथीको आसन्नवाट यादवले अखिल (क्रान्तिकारी) को विगतमा खेलेको भुमिकाको वारेमा विस्तार पुर्वक चर्चा गर्नु भयो । विगतमा अखिल (क्रान्तिकारी)ले विधार्थी खेलेको भुमिकाको कारण आफनो पहिचान बनाउन सफल भएको अहिले सवैले गर्व गर्नु परेको बताउनु भयो । आजको युवा,बिधार्थीको काधमा देशको महत्वपुर्ण जिम्मेवारी रहेको बताउनु भयो । सो अवसरमा जिसस तथा राजविराज नपाका अध्यक्ष राम गमन साह, उपाध्यक्ष भुपेन्द्र यादव,जिसस राजु जशवाल ,जिसस तथा छिन्नमस्ता गापा अध्यक्ष जय प्रकाश यादव, वलान विहुल गापा अध्यक्ष इन्द्र यादव, प्रेशसंगठन कार्यालय सदस्य देवराम यादव , ,अखिल(क्रान्तिकारी) केन्द्रिय सदस्य,सप्तरी जिल्ला इन्चार्ज जयप्रकाश यादव, लगायतले प्रशिक्षण दिएका थिए । सो अवसरमा अखिल(क्रान्तिकारी) को जिल्ला सदस्य कन्हैया मण्डल, राधेश्याम यादव, हेमान्शु शाह लगायतक विधार्थी यूनियन साथीहरूको उपस्थ्तिमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उपस्थिती रहेको थियो ।



ताजा खबर