राजिव शाह
सर्लाही,भाद्र २८ गते । प्रदेश नं.२ सरकारबाट सर्लाहीमा संचालित योजनामा ठेक्क्दारले ब्रम्हमलुट मच्चाएको छ । सर्लाहीको मलंगवा नगरपालिका वडा नं ७ मुसैलीको पोखरीमा संचालित योजनामा ठेकेदार कम्पनीले व्यापक अनियमितता गरि ब्रहम्लुट मच्चाएको देखिएको छ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत मलंगवा ७ मुसैलीको पोखरी सौन्दर्यकरण गर्न लगाइएको ठेक्कामा ठेकेदार कम्पनीले अनियमितता गरेको स्थानियले गुनासो गरेका छन् । मलंगवा स्थित मुसैलीमा रहेको श्री बौधी देवी जनता मा.वि को अधिनमा रहेको पोखरी सौन्दर्यकरण गर्न प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले करिब ६ करोर १२ लाख ९३ हजार मा एम.आर. आर जे कमल जेभि जनकपुरलाई ठेक्का दिएको छ । पोखरी सौन्दर्य करण गर्न ठेकेदार कम्पनीले बनाएको पर्खाल एक महिना नबितदै भत्कीएको छ ।
निर्माणमा कमसल सामाग्री प्रयोग गरिएकोले सामान्य पानी पर्दा पर्खाल भत्किएको स्थानीय युवा सुजित यादवले आरोप लगाएका छन । निर्माणमा कमसल सामाग्री प्रयोग गरेर ठेकेदार कम्पनी र प्रविधिकको मिलोमतोमा व्यापक अनियमितता भएको उनको भनाई छ ।
ठेकेदारले कमसल सामाग्री प्रयोग गरेर गुणस्तरहीन काम गरेकोले ठेकेदार कम्पनी माथि कारवाही हुनुपर्ने स्थानीयको माग छ । सौन्दर्यकरण गरिनुपर्ने पोखरी विधालयको अधिनमा रहेपनि विधालयका प्रअ वा व्यवस्थापन समिति समेतलाई कुनै जानकारी नगराई ठेकेदारले मनपरि गरेका स्थानीयको गुनासो छ ।
ठेकेदारको हेलचक्राई तथा लापरवाहीका कारण मुसैलीबासीको आस्थासंग समेत खेलवाड भईरहेको एक स्थानीयले पिडा पोखे । प्रत्येक वर्ष छठ पर्व मनाउने उक्त पोखरीमा खाल्डा खुल्डी गरि बेवारिसे अवस्थामा छाडेकोले यस पालिको छठ पर्व उक्त पोखरीमा मनाउन समेत वातावरण नरहेको स्थानीय महिलाको गुनासो छ ।
करिब १० विधामा रहेको उक्त पोखरी सौन्दर्यकरण गर्न २२ सेप्टेम्बर २०२० मा ठेक्का दिइएको थियो । तर करिब १५ महिना भित्र २१ डीसेम्बर २०२१ सम्ममा निर्माण कार्य सम्पन्न गर्नु पर्ने ठेकेदार कम्पनीले अहिले सम्म मात्र २० प्रतिसत कार्य सम्पन्न गरेको स्थानीयको भनाई छ । विगत २ महिना देखि निर्माण कार्य समेत ठप्प हुदा ठेकेदार कम्पनी संग बाकी रहेको ३ महिनाको अवधि भित्र निर्माण सम्मपन्न हुने भनि छाटकाट देखिदैन ।
यस अधि विधालयले करिब १ करोड १७ लाखमा माछापालन का निम्ती ५ वर्षका लागि पोखरी ठेक्का लगाएको थियो । करिब २ लाख महिनाको आम्दानी उठाउने विधालयलाई समेत पोखरी कहिले र कुन जमानामा सौन्दर्य करण हुने हो भन्ने पीर परेको छ । यसरी नै ठेकेदारले हेल्चक्राई गरि १५ महिनामा सम्पन्न हुने योजनालाई १५ वर्ष लगायो भने विधालयको करोडौं रुपैयाको नोकसानी हुने आकलन स्थानीयले गरेको छ ।
योजनामा भएको भ्रष्टाचार तथा अनियमितताको छानविन गर्न स्थानीयले अख्तियार अनुसन्धान आयोग क्षेत्रिय कार्यायल बर्दिवासमा समेत उजुरी दर्ता समेत गरिसकेका छन् ।