जिल्ला प्रशासन कार्यालय सर्लाहीमा कर्मचारीलाई हम्मेहम्मे,सेवाग्राहीलाई सास्ती

२०७८ भाद्र २८, सोमबार १६:३३


राजिव शाह
सर्लाही,भाद्र २८ गते ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आउने सेवाग्राहीको चापले प्रशासनलाई हम्मेहम्मे परेको छ । कर्मचारी अभाव फितलो व्यवस्थापनका कारण सेवाग्राही नागरिकतानै नलिई खाली हात फर्क्ने गरेको गुनासो बढदो छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता बनाउनेको भिड बढेको छ । जिल्लामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन अभियान सुरु भएसँगै नागरिकता बनाउनेको भिड बढेको हो ।
जिल्लाको मलंगवा ,हरिवन र बरहथवाबाट सेवाग्राहीलाई नागरिकताको कामकाज हुदै आए पनि सबै भन्दा धेरै मलंगवामा उल्लेख्य सेवाग्राही आउने गरेका छन् । बर्षायाममा हिलाम्मे सडक चर्को गर्मीले प्रभावित सेवाग्राही नागरिकता लिनलाई एक साता सम्म कार्यालय धाउनुपर्ने अवस्था रहेको सेवाग्राहीको गुनासो छ ।


राष्ट्रिय परिचयपत्रका लागि संकलन हुने विवरणमा नागरिकता अनिवार्य भएकाले अन्य समयभन्दा अहिले नागरिकता बनाउनेको संख्या ह्वात्तै बढेको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए । राष्ट्रिय परिचय पत्र बनाउने अभियानमा नयाँ नागरिकतासँगै पुराना, झुत्रा भएका, फोटो मेटिएकालगायतका प्रतिलिपि लिनेहरु पनि आएका कारण भिड बढेको हो । नागरिकतामा भरिएको विवरण धमिलो वा फोटो स्पष्ट नभएमा स्क्यानरले लिन मान्दैन त्यसैले नयाँ भन्दा पनि प्रतिलिपि लिन आउको संख्या बढी छ । श्रावण महिनामा १३३२ जनाले बंसज र बैबाहिक अंकृत ५३ जनाले नागरिकता लिएका छन् । हरेक दिनको ४०–५० जनाले नयाँ नागरिकता लिने गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकले देखाउछ । हरेक ५ सय भन्दा बढी नागरिकता बनाउन आउने गरेका छन् । भिड बढेपछि हरेक पालिकालाई बारका आधारमा छुट्टाइएर नागरिकता वितरणको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।



ताजा खबर