सप्तरीमा वडाध्यक्ष दासले कामै नगरी रकम हजम गरे

२०७८ भाद्र २८, सोमबार १६:३५

शुभ नारायण यादव
सप्तरी,भाद्र २८ गते ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ मा २०७७÷०७८ मा साढे १८ लाख रकमको कामै नगरी अनियमितता र भ्रष्टाचारको स्थानिय विनोद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीमा उजुरी दिएको छ । वडाध्यक्ष जयश्वर किशोरदासले कामै नगरी रकम हजम गरेको
भन्दै आयोगमा उजुरी दर्ता गरेको यादवले सञ्चारकर्मीलाई बताएको छ ।
आ.व. २०७७÷०७८ मा वडा नम्बर १ को वजेटबाट कमल पोखरीदेखि दिनाभद्री सम्म ४ लाख ५० हजारको माटो र ग्राईभेल हाल्ने बजेटमा स्टिमेट अनुसार माटो पुर्नेकाम नगरेको छ भने तार,पोल खरीद वापत ४ लाख,एलईडी बल्व,तार,होल्डर,स्वीइच जडान वापत ४ लाख, टयुवेल वितरणमा १ लाख,वडाको विभिन्न सडक मरम्त सम्भार वापत ५ लाख सहित साढे १८ लाखको अनियमितता र भ्रष्टाचार गरेकोले स्थानियवासी यादवले आयोगमा उजुरी हालेका छन् ।
मुलुकमा कोरोना भाईरसको महामारीमा आयोगमा परेको उजुरी माथि छानविन सुरु नभएको कारण आरोपिहरुलाई कानूनी कठघरामा उभ्याउन नसकेको स्थानिय बुद्घिजिवीहरु बताउछन् ।



ताजा खबर