यातायात कार्यालय लहानबाट अस्थायी ड्राइभिङ लाइसेन्स बाँड्दै

२०७८ भाद्र २९, मंगलवार ०४:४४


सिरहा,भाद्र २९ गते । यातायात ब्यवस्था कार्यालय लहानले आजबाट अस्थायी सवारी चालक अनुमतिपत्र बितरणकार्य शुरुगरेको हो ।
कार्यालयले पत्रकार सम्मेलन गरी अस्थायी सवारी चालक अनुमतिपत्र बितरण गरेको हो । सवारी ट्रयाल परीक्षा उत्तीर्णगरेपछि सेवग्राहीहरुले स्मार्ट लाईसेन्स कार्डको लागि एक वर्ष बित्दा पनि कुर्नुपर्ने झन्झट अप अन्त्य भएको कार्यालयले बताएको छ । अव त्यस अवधिसम्म यातायात कार्यालय दिएको चिट बोकेर सबारी साधनहरु चलाउनु पर्ने बाध्यताको अत्य भएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मिन बहादुर भट्टराईले बताए ।
ट्रायल परिक्षा उत्तीर्ण भएका सेवा ग्राहीहरुलाई एक हप्ता भित्र क्यूआर कोर्डसहितको अस्थायी चालक अनुमतिपत्र कार्यालयले प्रदान गर्ने निमित्त प्रमुख भट्टराईले बताए । उनले अव कसैलेपनि चिट बोकेर सवारी साधन चलाउनुनपर्ने बताए ।
देशभरिका यातायात कार्यालयको ३२ शाखामध्ये काठमाण्डौ ,जनकपुर,महत्तोरीको बर्दिबास र सिरहाको लहानबाटमात्र अस्थायी चालक अनुमतिपत्र बितरण हुनथालेको यातायात कार्यालय लहानका नायव सुब्बा बिजय दाहालले जानकारीदिनुभयो ।



ताजा खबर