दुर्घटना न्यूनिकरणमा जुटे मिर्चैया ट्राफिक प्रहरी

२०७८ भाद्र ३१, बिहीबार १६:०५


रामनारायण ठाकुर
सिरहा,भाद्र ३१ गते ।
अस्थाई ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले दुर्घटना न्यूनिकरणमा जुटे हो ।
मिर्चैया नगरमालिका वडा नं. ५ थाना चौकमा रहेका ट्राफिक प्रहरी पोष्टले सवारी दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्नका लागि मिर्चैया ट्राफिक प्रहरीले विभिन्न ठाउँहरुमा जनचेतना मुलक सूचना जानकारी लेखिएका होर्डिङ बोर्डहरु राख्न थलेको हो ।


सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले जनचेतना मुलक जानकारी सूचनाहरू लेखिएका होर्डिङ बोर्ड राजमार्गहरूको संवेदनशिल स्थनामा राखएको अस्थाई ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक जय नारायण महतोले बताए ।
सूचना, जानकारीसहितका सन्देशहरु संवेदनशिल मानिएका सडक छेउमा राख्दा सवारी चालक एवं यात्रुलाई झस्काउने भएकाले दुर्घटनामा कमि आउने विश्वास अस्थाई ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक महतोले बताए ।



ताजा खबर