कल्याणपुर नगरपालिकामा स्थानीय युबाहरुद्वारा तालाबन्दि

२०७८ आश्विन १, शुक्रबार ०७:०५


रामनारायण ठाकुर
सिरहा,असोज १ गते ।
सिरहाको कल्यानपुर नगरपालिकामा स्थानीयहरुले पटक पटक तला बन्दी गरेको छ । नगरपालिकामा हुने काम कार्वाहीको हिसाव किताव पटक पटक माग गर्दा पनि नदिएपछि पुनः तालाबन्दि गरेका हुन् ।
नगरप्रमुखलाई पटक–पटक हिसाब–किताब सर्वजानिक गर्न माँगगर्दा आज सम्म नदिएको भन्दै बिभिन्न वडाबाट युबाहरु आएर बिहीबार पुनः तलाबन्दी गरेको युबा नेता प्रदिप साहले बताए । उनले, ‘भने जिल्लाका सवैजसो स्थानीय तहको नगर सभा गरेर हिसाब किताब सर्वजानिक भैसकेको छ । तर, कल्यानपुर नगरपालिकामा नगरसभा सम्म हुन सकेको छैन ।’
उनीहरुले नगरबाट हुने गरेका काममा भ्रष्टाचार हुने गरेको आरोप लगाउँदै आएको छ । स्थानीय युवाहरुले यहाँका कहिले कर्मचारी अख्तियारले पकड्ने, कहिले मेयर भ्रष्टाचारमा मुछिने गरेको बताए । उनीहरुले यसरी नगरपालिका चल्न नसक्ने भन्दै तालावन्दि गरेको बताए ।


मेयर सूर्यनारायण मण्डल भ्रष्टाचारको आरोमा निलम्वन परेर उपमेयरले कार्यावाहकको रुपमा चलाएको भएपनि उनको रवैयापनि उस्तै रहेको स्थानीयको आरोप रहेको छ । उनीहरुले मेयर, प्रशासकिय अधिकृतसँग बार्ताको प्रयास गरेपनि उनिहरुले वेवास्ता नगरेको भन्दै तालावन्दि गर्नु परेको बताएको छ ।
स्थानीयले सिरहा जिल्लाको बदनाम र भ्रष्ट नगरपालिका रहेको बताउँछन् ।



ताजा खबर