सर्लाहीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुलाई गणना गर्ने उदेश्यले सचेतना मुलक कार्यक्रम सम्पन्न

२०७८ आश्विन १, शुक्रबार १७:५३

राजिव शाह
सर्लाही,असोज १ गते ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुलाई आफ्नो पहिचान सम्बन्धि कार्यक्रम सर्लाहीको बरहथवा, लालबन्दी र मलंगवामा सम्पन्न भएको छ ।
ञञमेरो सहभागिता मेरो गणनाझझ भन्ने मुल नाराका साथ रास्टृय जनगणनामा अन्य लिङ्गहरुको गणना हुनुपर्ने विषयमा आधारभुत कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनगणना अन्तर्गत यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुलाई आफ्नो पहिचान अनुसारको अन्य लिङ्गीमा गणना सम्बन्धि सचेतना मुलक तिन दिन सम्म कार्यक्रम आयोजना गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा सर्लाही जिल्लाका २० वटै पालिकामा रहेको अन्य लिङ्गीको गणना कसरी हुन सकिन्छ सन्दर्भमा निल हिरा समाज सर्लाहीको संयोजक अबदुल सहमदले जानकारी दिए ।



ताजा खबर