धर्मि हल्फा महिला विकास क्लव द्वारा स्वास्थ्यचोकिमा ओषधि प्रदान

२०७८ आश्विन १, शुक्रबार १७:५६

शुभ नारायण यादव

सप्तरी,असोज १ गते । सप्तरीको छिन्नमस्ता गाउपालिका स्थित इलाका स्वास्थ्य चोकि सखडामा ओषधिको चरम अभाव रहेको अवस्थामा एक सामाजिक सस्थाले निशुल्क ओषधि प्रदान गरेका छन । धर्मि हल्फा महिला विकास क्लव लालापटिले ओषधिको अभाव रहेको अवस्थालाई मध्य नजर गरि विभिन्न रोगका झण्डै एक दर्जन कम्पनिको ओषधिहरु निशुल्क रुपमा स्वास्थ्य चोकिलाइ प्रदान गरेका हुन । छिन्नमस्ता गाउपालिकामा विगत तीन बर्षदेखि गाउसभा नभएका कारणले गाउपालिकाबाट कुने प्रकारको ओषधिहरु उपलब्ध नगराएको खण्डमा उक्त सस्थाले अति आवश्यक ओषधिहरु सहयोग गरेको स्वास्थ्य चोकिका प्रमुख अजय झाले सस्था प्रति धन्यवाद ब्यक्त गरेका छन । क्लवले मेटरोन ५०० चक्कि , सिटामोल ,बेटाडिन , सिप्रो लगायतका विभिन्न एक दर्जन कम्पनिको ओषधिहरु प्रदान गरेको क्लवका अध्यक्ष एव समाजसेवि इ. सुर्य नारायण यादवले जानकारी दिनुभयो । सोहि कार्यक्रममा स्वास्थ्य चोकी सखडाका प्रमुख अजय कुमार झा लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाइ खांदा तथा माला लगाएर सम्मान समेत गरेका थिए ।
स्वास्थ्य चोकी सखडा अन्तर्गत रहेका ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ समेत १÷१ थान थाल उपहार स्वरुप प्रदान गरेका छन । स्वास्थ्य चोकि सखडाका प्रमुख अजय कुमार झाको अध्यक्ष तथा संस्थाका अध्यक्ष एवम् समाजसेवी ई सूर्य नारायण यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मन्दिरका पीठाधीश महाकान्त ठाकुर लगायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।



ताजा खबर