संतोष गुप्ता
सुनसरी,असोज २ गते । नेपाल सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संघीय मामिला मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले, वराहक्षेत्रको विकास लाई संघीय सरकारले विशेष प्राथमिकतामा राखिने बताएका छन् ।
शुक्रवार नेपाली कांग्रेस पार्टीको चतरामा भएको कार्यकर्ता भेटभाट तथा क्षेत्रीय प्रतिनिधी सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले, वराहक्षेत्र संग आफ्नो विशेष सम्बन्ध रहेको भन्दैे पवित्र धार्मिक क्षेत्रको उन्नती र विकासमा जोड दिईने बताए । आफु विद्यार्धी हु“दा गृहनगर भोजपुर वाट तराई झर्दा पवित्र वराहक्षेत्र धामको बाटो भएर दर्जनौ पटक हिंडेको सम्झना गर्दै कार्कीले वराहक्षेत्र संग माया गांसिएको भन्दै आफ्ले भरपुर सहयोग गर्ने बताए ।
अर्को एक प्रसंगमा उनले,पार्टीको १४ औं महाधिवेशनको वार्ड स्तरीय निर्वाचनमा वराहक्षेत्र नपाको ११ वटै वार्डले निर्विरोध प्रतिनिधी चयन गरेर उदाहरण पेश गरेको बताए । भदौ २१ गते नपाको सबै वडामा एक साथ भएको वार्ड अधिवेशनमा, आपसी सहमती गर्दै, कार्य समिति तथा क्षेत्रीय प्रतिनिधीमा बहुसंख्यक युवाहरु चयन भएका थिए । उनले नजिकिदै गएको स्थानिय चुनावमा युवाहरुको भुमिका महत्वपूर्ण हुने हु“दा तयारीमा लाग्न आवहान गरे । विशेष अतिथि नेका केन्द्रिय सदस्य तथा क्षेत्र नं १ सभासद मिन विश्वकर्माले पार्टीमा आफु सधै लोकतान्त्रिक संरचनागत सुधार तथा सम्पूर्ण जातजाति तथा क्लस्टरको सहभागित रहनु पर्नेमा दृढ रहेको भन्दै, आफुले राजीनामा दिएपछि नेकाको केन्द्रिय समितिले महाधिवेशनमा मधेशी र दलितको क्लस्टर हटाउ“ने निर्णय फिर्ता लिएको बताए ।
कार्यक्रममा नेकपा एमाले र जनता समाजवादी पार्टी परित्याग गरि ८ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेमा नपाको वार्ड नं २ को एमाले संगठित सदस्यहरु चिरन्जीवी प्याकुरेल, मदन कोईराला,फणिन्द्र गौतम,दिनेश न्यौपाने, नवराज थापा र सदस्य नारद खतिवडा थिए भने वार्ड १ वाट एमाले संगठित सदस्यहरु अनुप ताम्राकार,ईश्वर गुरुङ्ग र जसपाको दिनेश राई रहेका थिए ।
मन्त्री कार्कीलाई वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ, वार्ड नं २ नेका सभापति अमर कटुवाल र उदय ठटालले विविध माग सहितको ज्ञापनपत्र बुझाएका थिए । वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले,वराहक्षेत्र मन्दिर क्षेत्रमा कोशी नदी वाट हुने कटाव रोक्न तथा वर्षको कारणले पहिरो गएर प्रत्येक वर्ष वाटो थुनिने समस्याको दिर्घकालिन समाधान माग गरेका थिए ।
नेका वार्ड नं २ सभापति अमर कटुवालले,धरान चतराको सडकको बगुवा ,खारखोलामा पक्की पुल, खोला व्यस्थापन, सुनसरी मोरङ्ग सिंचाई योजनाको चतरा स्थित विस्थापित परिवार र बगुवामा खानेपानीको बजेट लगायत ९ बुंदे मागपत्र बुझाएका थिए । धरानका नेका क्षेत्र नं १ ख क्षेत्रीय सभापतिको उम्मेदवार अजय राईले औलिया बाबा मठ तथा छिन्नमस्ता संरक्षण मञ्चलाई ८ थान टेवल र सिलिङ्ग प.खा प्रदान गरेका थिए । कार्यक्रमा विशेष अतिथि क्षेत्र नं १ समानुपातिक सभासद मिना सुब्बा ,क्षेत्रिय तथा जिल्ला नेताहरुको उपस्थिती रहेको थियो । स्थानिय बोलबम धर्मशालामा,ईश्वर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजा तामाङ्गले गरेका थिए ।