अमरेस कुमार पाण्डेय
बारा,असोज २ गते । प्रदेश न २ को दोस्रो तथा बारा जिल्ला को प्रथम सुरक्षित खानेपानी युक्त समुदाय घोषण तथा बसतपुर खानेपानी सरसफाइ योजना समुदघाटन समारोह सम्पन्न भएको छ ।
बसतपुर खानेपानी उपभोक्त समिति को अध्यक्ष राम अयोध्या महरा को अध्यक्षता मा समपन भएको थियोे ।उक कार्यक्रम को प्रमुख अतिथि खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा र विशिष्ट अतिथि कलैया उप महानगर पालिका को प्रमुख राजेश राय यादव ले रिबन काटी उदघाटन गर्नु भएको हो।
कलैया उप माहानगर पालिका ,युनिसेफ नेपाल ,जन जागरण युवा कलब र बसतपुर खानेपानी तथा सरसफाइ उपभोक्त समिति को सयुक्त रुपमा दिगो बिकास लक्ष्य सप्ताह अवसर मा निर्मित सुरक्षित खानेपानी तथा सरसफाइ योजना उदघाट्न भएको हो ।
सुरक्षित खानेपानी योजना निर्माण कार्यक्रम बाट १८५ घर धुरी लाभान्वित हुनेछ ४०,००० लिटर क्षमता भएको पानी ट्न्कि रहेको छ ।
कुल लागत रु ८०,८४,९७४ रुपैया मा निर्माण भएको हो जस मधे युनिसेफ नेपाल को रु ६२,२०,९१० रुपैया कलैया उप म न पा को रु ११,७८,४३८रुपैया र समुदाय को रु ७,८५,६२५ रुपैया योगदान मा निर्माण भएको हो ।
छ महिना भित्र अर्को पानी ट्न्कि र स्थानीय तह तथा प्रदेश सरकार को आधी आधी सहयोग मा बिधालय तथा पानी ट्न्की को लागी बैकल्पिक उर्जा यानी सोलार को ब्यस्था गर्ने खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा ले प्रतिबद्धता गर्नु भएको थियोे ।
उक्त कार्यक्रम मा खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय बारा को रबिन्द्र देव खानेपानी पानी डिभिजन को इन्जिनियर किशोरी प्रसाद यादव कलैया उप माहानगर पालिका को वास फोकलप्रशन रामजी मण्डल वाडा न २० को वाडा अध्यक्ष महम्द इसामुदिन ठकुराइ युनिसेफ फिल्ड ओफिस जनकपुर धाम को वास ओफिसर बोधनरायण श्रेष्ठ जन जागरण युवा क्लब को उपाध्यक्ष राजदेव साह जन जागरण युवा क्लब को कोशा अध्यक्ष सियाराम यादव जन जागरण युवा कल्ब को कार्यकारी निर्देशक श्रीनिवास बैठा स्वास्थ सस्था को प्रमुख रामबाबु कुशवाहा लागायत को विशेष उपस्थिति रहेकोे थियोे ।