कृष्णा कुशवाहा
पर्सा,असोज २ गते । प्रदेश नं.२ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ“ अभियान अन्तर्गत नेपाल राष्ट्रिय मा. वि. पटेर्वा सुगौली गाउँपालिका ४ नं. वडा सुगौलीमा अध्ययनरत कक्षा–८ का ५१ छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
पटेर्वा सुगौली गाउँपालिका ४ नं. वडाको अध्यक्ष रजेश्वेर महतोको अध्यक्षतामा भएको कार्यक्रममा नेता मन्जुर अन्सारी, करिमा बेगम, जसपा नेपालको केन्द्रिय सदस्य फिरोज मन्सुर, बिरेन्द्र यादव, संघीय परिषद सदस्य सलाउदीन अहमद, मुस्लिम फोरम अध्यक्ष मौलना नुरुल होदा, प्रदेश सदस्य दिपक यादव, जिल्ला अध्यक्ष रामनरेश यादव, सचीव तबरेज आलम, पालिका उपाध्यक्ष ममता महतो, क्षेत्रिय अध्यक्ष नगेन्द्र यादव र युवा नेता शिव कुमार साहले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा जसपा पालिका अध्यक्ष रामदेनी यादव, पालिका शिक्षा प्रमुख सम्भु साह तेलि, विद्यार्थी नेता आमोद यादव, स्थानीय नेता श्रीभगवान गिरि, भिखारी देवान, रसिद मिया, प्र.अ. मोहन दास, प्रहरी प्रसासन, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत नेरामाबी सुगौलीमा ५१ थान साईकल वितरण
२०७८ आश्विन २, शनिबार १७:३९संबन्धित खबर
© 2024 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer