कोरोनाका कारण ढेड बर्ष देखि बन्द रहेको गौर नाकामा भन्सार प्रमुख शर्मा कै कारण दुःख भोग्दै सर्वसाधारण !

२०७८ आश्विन ३, आईतवार ०३:०२

अमित ठाकुर
रौतहट,असोज ०३ गते ।
कोरोनाका कारण ढेड बर्ष देखि बन्द रहेको गौर बैरगनिया नाका दुवै देशको सहमतिमा नाका खुल्ला गरिएता पनि सर्वसाधारणले दिनहुँ दुःख भोगिरहेका छन्। गौर बैरगनिया नाका खुल्ला गरेता पनि भन्सार प्रमुख शर्मा आए देखि सर्वसाधारणले दुःख भोगिरहेको स्थानीयहरुले बताउँछन् । कोरोनाको कहरमा नेपालको बजारमा दैनिकी उपयोगमा आउने समानको चर्को मुल्य पनईने गरेको हो। लकडाउनको कारण सर्वसाधारणलाई अर्थिक स्थिति एकदमै कमजोर भएपछि सस्तो मुल्यमा दैनिकी उपयोग गर्ने खाद्यान्न सामाग्री १ किलोमिटर पैदल हिडी भारत बिहार राज्यको बैरगनियाबाट किनेर ल्याउने गरेको हो। सर्वसाधारणले किनेर ल्याएको खाद्यान्न सामाग्री भन्सार प्रमुख सुशील प्रसाद शर्मा आफै र भन्सारका कर्मचारीहरुले बैरियर भित्रै सो सर्वसाधारणले ल्याएको दैनिकी उपयोग हुने खाद्यान्न सामाग्री नियन्त्रणमा लिने गरेको हो । भन्सार बैरियर भित्र प्रमुख शर्माले यस्तो खाद्यान्न सामाग्री खोस्नु गैरकानुनी र पावरको दुरुपयोग गरेको स्थानीयहरुले बताउँछन् । सर्वसाधारणले दैनिकी प्रयोग गर्नका लागि चामल भारत बिहार राज्यको बैरगनियाबाट ल्याउँदा भन्सार प्रमुख शर्मा र उन्का डाईभर शुनिल अधिकारी धान्धली गरी नियन्त्रणमा लिई भन्सार बुझाउने गरेको सर्वसाधारणले बताउँछन्। गौरको खाद्यान्न सामाग्रीको मुल्य भन्दा सस्तो पाउँदा सर्वसाधारणले चिनी,तेल,चामल,दाल सहितको समान सस्तो मुल्यमा किनेर ल्याउँदा भन्सार प्रमुख शर्माले गैरकानुनी रुपले बैरियर भित्रै सर्वसाधारणको खाद्यान्न सामाग्री नियन्त्रणमा लिई भन्सार बुझाउने गरेको हो। करोडौं करोड राज्श्व संकलन हुने सवारीसाधनलाई निलाम नगरी त्यसतै कुहाउँदै गरेको पछि सोही सवारीसाधनलाई किलोको भाउमा बेच्ने गर्दछन्। भन्सार प्रमुख शर्माले करोडौं करोड राज्श्व आउने सवारीसाधन ध्यान नदिई सर्वसाधारणले दैनिकी प्रयोग गर्न ल्याईरहेको खाद्यान्न सामाग्रीमा ध्यान दिएको स्थानीयहरुले बताएका छन्। भारतको विभिन्न ठाउँबाट ट्रक भरी विभिन्न समानको ओसार पोसार हुँदा ट्रकमा के कति समान लोड भएको त्यसो जाँच बुझ तथा लोड अनलोड नै नगराई भार्तीय कागजात कै भरमा र आन्तरिक सेटिङ्गमा दिनहुँ ट्रक भित्र्याउने गरेको स्थानीयहरुले बताउँछन् ।ट्रक भित्र के–कति मात्र समान भित्र्याएको र ट्रक लोड अनलोड नहुँदा ट्रक भित्री कुन–कुन समान राखिएको भने अतोपतो नहुने र त्यसतै हावाको भरमा ठुला–बडा ब्यक्तिको ट्रकको भन्सार काट्ने गरेको हो। भने सर्वसाधारण ब्यक्तिले घरायसी परियोजनका लागि समान खरिद गरि ल्याउँदा भन्सार प्रमुख शर्माले गैरकानुनी तरिकाले बैरियर भित्रै समान नियन्त्रणमा लिने गरेको स्थानीयले बताउँछन् ।



ताजा खबर