सिरहा,असोज ३ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २२ औं सिरहा जिल्ला सम्मेलन आज गोलबजारमा समपन्न भएको छ । सम्मेलनले रामुदगार यादबको अध्यक्षतामा सर्वसम्मत २९ सदस्य जिल्ला समिती गठन गरेको छ । समितिको उपा–अध्यक्षमा रामपुकार यादब ,बिरेन्द्र सिंह ,सुकराज घिसिङ ,सचिब पारस यादब, सह–सचिब उदय मन्डल, आरती महरा, निसा सुन्दार, कोषा–अध्यक्ष सुशिला महतो चयन भएका छन् ।
सम्मेलनको उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्वमन्त्रि अजय शंकर नायकले सम्मेलन सफलताको शुभकामना दिएका थिए । सोही क्रममा उनले विद्यार्थीसाथीहरु आफ्नो मुद्दारहरुको रक्षा गर्न र त्यसलाई कार्यान्वयन गर्न सक्षम रहेको बताए । उनले अहिले पार्टीहरुप्रति युवापुस्ता आक्रमक रहेकोले आफ्नो सहि मुद्दा युवाहरुमाझ पुर्याउनुपर्ने जरुरी रहेको बताए ।
युवा विद्यार्थीहरुले नै देश चलाउने हो भन्दै पार्टीले पनि युवाहरुलाई महत्वका साथ स्थान दिएको बताए । उनले पार्टीको केन्द्रिय तहमा युवाहरुको उल्लेखनिय सहभागीता रहेको बताउँदै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
संगठनका निवर्तमान जिल्ला अध्यक्ष भाला यादवको अध्यक्षता र रविन्द्र सिंहको उद्घोषणमा सञ्चालित समारोहा विद्यार्थी नेता पुजन सिंहले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।
सम्मेलनमा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्यहरु रामचन्द्र महतो, प्रवेश लामा, जिवछ यादव, मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव लगायतको उपस्थिति रहेको थियो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को २२ औं सिरहा जिल्ला सम्मेलन सम्म्पन
२०७८ आश्विन ३, आईतवार १७:४५संबन्धित खबर
© 2024 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer