राजिव शाह
सर्लाही,असोज ३ गते । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका त्रिभुवननगर ४ स्थित रहेको बिओपीले करिव ३ लाख बराबरको विष्पोटक पदार्थ पट्का नष्ट गरेको छ ।
सशस्त्र प्रहरीले त्रिभुवनगर नाकाबाट विभिन्न समयमा अबैध रुपमा नेपाल भित्र्याउन लागेको करिव ३ लाख बराबरको नागिन पट्का बरामद गरेको हो ।
यतिबेला व्यपरी तथा तस्करहरुले नेपाली हरुको महान दशै, तिहार छ्ठ पर्व नजिकिदै जाँदा तस्करहरुले पट्का जन्य बस्तुहरु ओसारपोसार गर्न सकृय रहेको बुझिएको छ। उक्त बरामद गरिएको पट्का आइतबार दिउसो सशस्त्र प्रहरी नायब उपरीक्षक सरोज सिंह खड्का,सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्ट,जिल्ला समन्वय समिती सदस्य रामदुलाल राय, त्रिभुवननगर प्रहरी चौकी हवल्दार महेस यादव लगायत स्थानीयबासिन्दाको रोहवरमा उक्त पट्का नस्ट गरिएको त्रिभुवननगर बिओ पिले जनाएको छ ।
सर्लाहीमा पछिल्लो पट्क सिमानाभएर अबैध समान भित्र्याउन तस्कर ब्यपारीहरु सक्रिय भएकोले सिमानाकामा चेकजाँच कडाइ गरिएको सशस्त्र प्रहरी निरीक्षक बिष्टले जानकारी दिनुभयो ।
सर्लाहीमा सशस्त्र प्रहरीद्धारा ३ लाख बराबरको विष्पोटक पदार्थ पट्का नष्ट
२०७८ आश्विन ३, आईतवार १७:४८
संबन्धित खबर
© 2023 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer