सुनसरीको भोक्राहामा संविधान दिवसको अवसरमा निः शुल्क स्वास्थ शिविर

२०७८ आश्विन ३, आईतवार १८:०७

जुगेश दास
सुनसरी,असोज ३ गते ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न २ मा संविधान दिवसको अवसरमा नि ः शुल्क स्वास्थ शिविर सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उप शाखाको सहयोग र भोक्राहा नरसिंह २ को स्वास्थ चोकिको आयोजनामा आज स्वास्थ चोकिमा एक दिने निः शुल्क स्वास्थ शिविर कार्यक्रम सम्पन्न भएको हो।

संविधान दिवसको अवसर पारेर भोक्राहा नरसिंह रेडक्रस उपशाखाको सहयोगमा र भोक्राहा नरसिंह वार्ड न .२ स्वास्थ चोकिको आयोजना १ सय जना पुरुष र ५१ जना माहिला गरि जम्मा १५१ जना लाई बल्ड प्रेसर , सुगर र प्रेसर जाच गरि निः शुल्क स्वास्थ सेवा दिइएको नेपाल रेडक्रस भोक्राहा नरसिंह उप शाखाका अध्यक्ष युवराज दाहालले बताए ।

निशुल्क स्वास्थ शिविर जाच कार्यक्रममा ३७ जना हाइ प्रेसरका बिरामीहरु देखा परेका छन। भने ३१ जना सुगरका बिरामीहरु मध्ये २१ जना नयाँ बिरामी फेला परेको भोक्राहा नरसिंह २ का स्वास्थ चोकी प्रमुख रमेश कुमार साहले जानकारी दिएका छन।
उहाका अनुसार गाउँ घरमा हाइ ब्लड प्रेस र सुगरका बिरामी भए ता पनि जाच नगराएर थाहा नभएको उनले बताए ।
खान पिन, मानसिक तनाव र बाताबरणका कारण मानिसहरू समाजमा दिन प्रती दिन यस्ता बिरामीहरु चाप बढदै गएको स्वास्थ चोकिका प्रमुख साहले जानकारी दिए।

भोक्राहा स्वास्थ चोकिका सम्पुर्ण कर्मचारी र व्यवस्थापन समितिको आयोजनामा स्वास्थ शिविरमा भोक्राहा नरसिंह गाउँपालिका वार्ड न . १ ,२,३र ४ का स्थानीय व्याक्तिहरुले स्वास्थ शिविर बाट लाभ लिइएका छन। भने सहयोगीमा नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उप शाखाका संस्थाका पदाधिकारीहरु रहेको थियोे ।



ताजा खबर

error: Content is protected !!