विविध कार्यक्रम गरी मनाइयो संविधान दिवस

२०७८ आश्विन ३, आईतवार १८:०९

जुगेश दास
सुनसरी,असोज ३ गते ।
आज असोज ३ गते अर्थात संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको छ । विक्रम संवत २०६२,६३ कोे मधेश आन्दोलनको राजनीतिक परिवर्तन पछि दोस्रो संविधान सभा निर्वाचन मार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा आज सुनसरी जिल्लाको विभिन्न स्थानीय तहले विविध कार्यक्रम गरी संविधान दिवस मनाइएको छ ।
संविधान दिवसका अवसरमा सुनसरी जिल्लाको दक्षिणबर्ति क्षेत्रका हरिनगर गाउँपालिका , बर्जु गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा नेपालको झण्डा फहराउदै संविधान दिवस मनाईएको छ । हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले कार्यक्रममा संविधान दिवसको अवसरमा देश विदेशमा रहेका नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश दिदै संविधानको मर्म र भावना व्यवहारमा कार्यन्वयन गर्न जोड दिनुपर्ने बताएका छन ।
गाउँपालिका अध्यक्ष अंसारीले दिएकोे शुभकामना सन्देशमा वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताए । साथै संविधानमा रहेको जनता को हक अधिकार कार्यन्वयनमा जोड दिनु पर्ने उनले सो कुरा बताए ।
त्यस्तै देवानग्ञज गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहताले संविधान दिवसको अवसरमा नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश दिदै नेपालको संविधानले मौलिक हक मार्फत सुनिश्चित गरेका जनताका अधिकारहरूको कार्यान्वयन गर्दै आधारभूत आवश्यकता गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा, रोजगार, सूचना लगायतमा सबै जनताको पहुँच हुनुपर्ने बताएका छन् ।
उता बर्जु गाउँपालिकाका अध्यक्ष रधुन्नदन चौधरीले गाउँपालिकामा नेपालको राष्ट्रिय झण्डा फहराउदैँ संविधान दिवस मनाइएको हो ।



ताजा खबर