जुगेस दास
सुनसरी,असोज ३ गते । सुनसरीमा लोकतान्त्रिक समाजवादी पार्टीले आइतबार (असोज ३) संविधान दिवसको कार्यक्रमलाई वहिष्कार गरी कालो दिवस मनाएका छन् ।
संविधान अपूणर् भएको भन्दै महन्थ ठाकुर नेतृत्वको लोसपाले असोज ३ लाई कालो दिवसका रुपमा मनाइएको हो ।
संविधान दिवसको दिन लोसपा सुनसरीले ब्यानरमा असोज तिन कालो दिन लेखिएको ब्यानरमा बिचार गोष्ठी गरी कालो दिवस मनाइएकोे लोसपाका केन्द्रिय कमिटी सदस्य संतोष कुमार मेहताले जानकारी दिए ।
उनले सुनसरी सदरमुकाम इनरुवाको सत्यनारायण मन्दिरको सभा हलमा सयौँ नेता तथा कार्यक्रर्ताहरुको सहभागीतामा संविधान दिवसमा बिचार गोष्ठी गरी कालो दिवस मनाइएको बताए ।
केन्द्रिय कमिटी सदस्य मेहतका अनुसार ‘विभेदकारी, अधुरो, अपुरो एवम् त्रुटीपूणर् नेपालको संविधान २०७२ ले मधेशी, आदिवासी जनजाति लगायत समुदायहरुका साथै उत्पीडित जात–जाति एवम् समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्वोधन गर्न नसकेको बताए ।
उनले भने संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायतत्ता, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूणर् रहेका छन्। ’