सहास नेपालको सहयोगले सप्तरीका सदा परिवारहरुको दिनचर्यामा परिवर्तन

२०७८ आश्विन ४, सोमबार १६:३५

शुभ नारायण यादव
सप्तरी,असोज ४ गते ।
“सदाका लागि उदाउदैछ सदा परिवार” भन्ने उदेश्यले सहास नेपालको सहयोगले सप्तरीका सदा परिवारहरुको दिनचर्यामा आमुल परिवर्तन आएको छ ।
विगत केहि महिना देखि सहयोगी हातहरुको समुह (सहास नेपाल) द्धारा स्ट्रीट चाइल्ड अफ नेपाल सँगको साझेदारीमा संचालित ःबचनष्लबष्शिभम ल्य ःयचभ परियोजना अन्र्तगत आयआर्जनका विभिन्न व्यवसाय गर्न सकने सामग्रिहरु उपलब्ध गराउदै आएपछि अहिले ती सदा परिवारमा यस्तो परिवर्तन आएको हो ।


सप्तरी जिल्लामा हाल सम्म दु्रत सिकाई शिक्षा, जिवन उपयोगी सिप र वित्तय साक्षरता कक्षा पुरा गरी १५ देखि १८ बर्ष उमेर समुहका आयआर्जन गर्न इच्छुक रहेका ९८ वटा सिकाई केन्द्रका जम्मा ९९६ जना सदा परिवारका किशोरीहरुले व्यवसाय संचालनमा ल्याएको छ व्यवसाय गरि आत्मर्निभर हुनका निम्ति पाएका उक्त सामग्रिहरु पाउँन वितिकै संचालनमा ल्याएको छ ।

संचालनमा ल्याएको व्यवसायहरु मध्ये हाल सम्म सबै भन्दा बढी आम्दानी हाँस पालन, मोःमो चाउमिन, किराणा पसल, तरकारी पसल र अण्डा बेच्ने व्यवसायबाट भएको प्रष्ट देखिन्छ । एक दिनमा १ जना किशोरीले १५०० सय सम्मको विक्रि गर्दै आईरहेको सप्तरीको अग्निसाईर कृष्णासवरन गाउपालिका वडा न.–५ भिमार टोल कि रिंकु कुमारी सदाले बताइन ।
रिंकुका अनुसार हाम्रो सदा समुदायमा छोरी अथवा छोरा लाई शिक्षा आर्जनका लागि विद्यालय नपठाउने छोरी मान्छेको विवाह सानै उमेरमा गर्दिने छोरी लाई अरुको खेतमा काम गर्न पठाउने गर्ने गरेको अहिले पनि छ । किन भने हामि मुसहर परिवारहरु हरेक क्षेत्र बाट पछाडि परिएको छु । हाम्रो आफनो जग्गा जमिन पनि छैन एैलानि जग्गामा हाम्रो घर हुन्छ । धनसम्पतिको नाममा हामि सँग भएको सिप बाहेक केहि पनि हुदैन त्यसैले म हृदय देखि धन्यवाद दिन चाहन्छु स्ट्रीट चाइल्ड अफ नेपाल लाई कि किशोरी लक्षित ःल्ः परियोजना हाम्रो समुदायको लागि अतिनै उपयोगीमुखि रहेको बताउछन । विद्यालय पढने इच्छा देखाएका किशोरीहरु विद्यालय भर्ना भएका छन भने विद्यालय नजाने किशोरीहरु व्यवसाय गर्न थालेको सहास नेपालका जिल्ला संयोजक रमेश कुमार साहले जानकारी दिभयो ।
आफनो नाम समेत लेखन नआउने मलाई यस परियोजनाको ६ महिने कक्षामा सहभागि भई अक्षर बाट अनुछेद सम्म लेखन पढन र हरहिसाब गर्न सक्षम भएको छु । यति मात्रै नभई मैले रोजेको व्यवसाय मोःमो चाउमिन सहास नेपालद्धारा हामि लाई उपलब्ध गराई तालिम समेत दिई व्यवसायीक योजना बनाई व्यवसाय संचालन गर्न र हाल सम्म मेरो परिवारमा कसैको बैंकमा खाताहरु समेत नरहेकोले यहि परियोजना अन्र्तगत जन्मदर्ता बनाई मैले पाएको व्यवसाय संचालन गरी आम्दानि गरेको पैसा बचत गर्नका निम्ती मंजुश्री सहकारी संस्थामा खाता संचालन गर्न यस परियोजनाले महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको छ ।



ताजा खबर