शुभ नारायण यादव
सप्तरी , असोज ५ । सप्तरीमा पानीमा डुबेर एकैदिन दुई बालिकासहित तीनजनाको मृत्युु भएको छ । फरक फरक स्थानमा अाज पानीमा डुबेर तीन जनाको मृत्यु भएको हो । नुहाउने क्रममा सप्तरीको खडक नगरपालिका वडा न. ८ मुसहरनिया बस्ने राजेश कुमार चौधरीकी छोरी ३ वर्षीया एलिजा कुमारी चौधरीको पोखरीमा डुबेर मृत्यु भएको छ । यस्तै कपडा धुने क्रममा अाज बिहान सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनिया बस्ने भतो मंसुरीकी छोरी १२ वर्षीया सबना खातुनको मृत्यु भएको छ । घर नजिकैको नहरमा कपडा धुने क्रममा सबनाको डुबेर मृत्यु भएको हो । यस्तै भाडाँ मस्काउने क्रममा जिल्लाके महादेवा गाउँपालिका ४ परसाही टोलका अमृत सदाका ३० वर्षीया छोरी लक्षन कुमारी सदाको मृत्यु भएको छ । घर नजिकै सार्वजनिक पोखरीमा अपराहन्न साढे ४ बजेको समयमा भाँडा धुने क्रममा डुबेर लक्ष्मण कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ । यता पानीमा डुबेर मृत्यु भएका तीनैजनाको शव पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको सप्तरीका प्रवक्ता एव डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे । उनले तीनवटै घटना विषयमा थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।