इलाका प्रहरी कार्यालय भेडियाको भवन मन्त्री साहद्वारा उद्घाटन

२०७८ आश्विन ६, बुधबार १७:१५

सप्तरी,असोज ६ गते । इलाका प्रहरी कार्यालय भेडिया, सप्तरीको भवन उद्घाटन प्रदेश नं. २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले गरेका छन् ।
नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री साहले प्रहरीको सुरक्षित आवासको जिम्मेवारी प्रदेश सरकारको भएको वताउनुभयो । उहाँले “प्रहरी प्रसासनको ब्यवस्थीत कार्यलाय एवम् आवास हाम्रो प्रमुख जिम्मेवारीहरु मध्येको एक रहेको बताउनु भयो । प्रदेश २ का सम्पुर्ण प्रहरी प्रसासनको कार्यलय एवम् आवास व्यवस्थीत गर्न प्देश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।”
भवन उद्घाटन कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्ण, प्रदेश सांसद पसमिना कादरी, दिलिप साह, फुलिया देबी सदा, पूर्व सांसद अशोक कुमार मण्डल अमर, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमला, २ नम्बर प्रदेश कार्यालय टिएसटी प्रमुख प्रहरी निरिक्षक चिरन्जिवी प्रसाद महतो लगायतले आ आफनो मन्तव्य राखेका थिए ।
५ करोड १३ लाखमा इलाका प्रहरी कार्यालयको साढे ३ तल्ले भवन निर्माण भएको छ ।



ताजा खबर