सुनसरीको ४ वटा स्थानिय तहमा स्वास्थ्य सामाग्री हस्तान्तरण

२०७८ आश्विन ७, बिहीबार ०२:५८

भुमिका रसईली
सुनसरी,असोज ७ गते ।
सुनसरीमा चार पालिकामा विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। कोरोना महामारी कारणले स्वास्थ्य सामाग्रीको अभाव भएको र स्वास्थ्य सेवा लिन बाट बन्चित भएको अवस्थामा प्लान इन्टरनेसनल नेपालको सहयोग र सामुदायिक समाज विकास उत्थान केन्द्र ( CSDC)) को आयोजनामा सामग्री हस्तान्तरण गरिएको छ ।
सुनसरीको इनरुवा नगर पालिका , बराहक्षेत्र नगर पालिका, बर्जु गाउँपालिका र गढी गाउँ पालिका प्लान्ट इनटरनेसन नेपालले जम्मा १९ हजार बराबरको स्वास्थ सामग्री वितरण गरिएका छन।

स्वास्थ सामग्री अनतर्गतमा बेड , माट्रेस् , सर्जिकल माक्स, N95 माक्स , हेन्ड सेनिट्राइजर , फेस सिल्ड , ग्लोब्स , सर्जिकल क्याप , फुल P p E सेट,गाउन आउटर सेट , हेभ्भि डिउटि ग्लोब्स, आदि सामाग्री पालिका कै सम्बन्धित निकायलाइ हस्तान्तरण गरिएको हो
भने कार्यक्रम संम्योजक भुपेन्द्र निरौलाले बताएका छन्।

निरौलाका अनुसार माहामारीको कारण आम सर्वसाधारणले सुलभता साथ स्वास्थ्य सेवा नपाउने हरुलाइ नगरमा आएको स्वास्थ्य सामाग्री दिन आवश्यक छ ।



ताजा खबर