आईटी आर्मीको धोबिनी गाउँपालिका स्तरिय प्रथम भेला सम्पन्न

२०७८ आश्विन ७, बिहीबार ०३:०९

पर्सा,असोज ७ गते । आईटी आर्मीको धोबिनी गाउँपालिका स्तरिय प्रथम भेला आज पर्साको धोबिनी गाउँपालिकाको वडा नं २ भिखमपुरमा सम्पन्न भएको छ । आईटी आर्मी को प्रथम भेला को अध्यक्षता आई टि आर्मी का रामाधार पटेल को अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथि कालिकामाई गाउँपालिका को वडा अधयक्ष पवन तिवारी को प्रमुख अतिथ्यमा भएको कार्यक्रम लाई संबोधन गर्दै भने भ्रष्टाचार धेरै नै बढिसकेको छ अब पर्सा बाट भ्रस्टाचार आईटी आर्मी ले सफाया गर्ने दाबी गर्नु भएको छ।भ्रस्टाचार २१औं शताब्दीमा मानव समाजमाथिको सबैभन्दा ठुलो कलंकको धब्बा हो । राज्यको हरेक अंग तथा निकायहरुमा तलदेखि माथिसम्म भ्रष्टाचारले आफ्नो जड जमाई देशलाई नै खोकला बनाउदै गएको स्थिति देखिएको छ । यसलाई रोक्न मुख्यत तपाई हामी युवा वर्ग अग्रसर हुनैपर्छ । जसका लागि देशबाट भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई जडबाटै सफाया गर्न जरूरी रहेको प्रमुख अतिथि तिवारी बताए । तिवारी ले भने अग्रगमनको दिशामा अगाडि बढाउदै समाजवादको मजबूत आधार खडा गर्नुपर्ने आजको तपाई हाम्रो मुख्य अभिभारा र समाजको अपेक्षालाई पुरा गर्न समेत आईटी आर्मीले विशेष जिम्मेवारीबोधका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्ने आसा र बिश्वास रहेको बताए । कार्यक्रम मा आईटी आर्मी पर्सा का अध्यक्ष संतोष पटेल ले संबोधन गर्दै भने आईटी आर्मी ले अब पर्सा बाट भ्रस्टाचार को सफाया गर्ने दाबी गर्नु भएको थियो। अध्यक्ष पटेल ले भने अब प्रतेक गाउँपालिका हरु मा युवा हरु को सहकार्य र सहयोगमा आईटी आर्मी को गठन गरि गाउँपालिका लगायत ठाउँ मा भईरहेको भ्रष्टाचार र भ्रस्टाचारी हर लाई सफाया गर्ने दाबी गर्नु भएको छ। पर्सा का युवा हरु आफ्नो हक अधिकार को लागि अगाडि बढनु जरुरी रहेको बताए । गाउँ घर मा धेरै नै समस्या आउन्छ तर कसै को डरत्रास मा पर्नु पर्दैन अब तपाईं हरु को साथ मा आईटी आर्मी साथ मा रहेको छ । आईटी आर्मी का अध्यक्ष लाई जति खेर खोजनुस तपाईं हरुको साथ दिने त्यार रहेको छु। कार्यक्रम मा नेकपा का युवा नेता अभिताबचन दास,पुर्व गाबिस अधयक्ष अमिका पटेल ,उमेश कुशवाहा,सुनिल कुमार रौनिया, मखन पटेल, प्रदिप पटेल,ददन साह,कनाई राम,अमित पटेल लगाएतको सशभागिता रहेको थियो । कार्यक्रम संचालन सुनिल कुमार रौनियारले गर्नु भएको थियो।



ताजा खबर

error: Content is protected !!