मजबुत बनाउन अझै सशक्त भएर लाग्न नेपाल लाईफ ईन्स्योरेन्सका शाखा र उपशाखा प्रमुखहरूलाई निर्देशनःसिंघल

२०७८ आश्विन ७, बिहीबार ०३:३९

सिरहा,असोज ७ गते । नेपाल लाईफ ईन्स्योरेन्सको प्रदेश १ का शाखा उपशाखा प्रमुखहरुको बैठक सम्पन्न भएको छ ।
ब्यबसायिक सफलताको मार्गदर्शक एवं नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ सहायक महा प्रबन्धक प्रमुख दिगविजय सिंघलले सहभागि शाखा र उपशाखा प्रमुखलाई प्रशिक्षण दिएका थिए ।
ईन्स्योरेन्सले देशमा प्रथम स्थान हासिल गरेकोले यसलाई जोगाई राख्न लाग्नु पर्ने नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ सहायक महा प्रबन्धक (राष्ट्रिय सेल्स) प्रमुख सिंघलले बताए । कम्पनीलाई थप मजबुत बनाउन अझै सशक्त भएर लाग्न शाखा र उपशाखा प्रमुखहरूलाई उनले निर्देशन दिए । कार्यक्रममा बिर्तामोमा ६० जना, उर्लाबारीमा ५० जनाको साथै १५ ओटा शाखा निरीक्षण तथा अनुगमन गरेको थियो ।


उक्त कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पूर्वान्चल क्षेत्रीय प्रमुख टिकादत्त प्याकुरेल,नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बरिष्ठ सहायक महा प्रबन्धक दिगविजय सिंघल,प्रदेश १ बाट आएका शाखा र उपशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित भएका सम्पुर्ण शाखा र उपशाखा प्रमुखहरुले अफ्नो÷अफ्नो मन्तव्य राखेका थिए ।



ताजा खबर