कर्जन्हामा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको र वस्ति भएको जग्गा धनी र वार्डा अध्यक्षको मिलेमत्तोमा घर–बाटो नभएको सिफारिस

२०७८ आश्विन ७, बिहीबार ०४:१३

सिरहा,असोज ७ गते । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको र वस्ति भएको जमिन जग्गा धनी र वार्डा अध्यक्ष र मालपोल कार्यालयको मिलेमत्तोमा घर–बाटो नभएको सिफारिस गरेको रहस्य खुलेको छ ।

वसोमास गर्दै आएकामध्ये दुईजना बाहेकको नाममा जग्गा पास भएपछि उनीहरुले खोजलास गर्नेक्रममा राजमार्गसँगै जोडिएको सिरहाको कर्जन्हा नगरपालका वडा नं. ११ साविक कर्जन्हा गाविस ५÷क, कित्ता नम्वर ६ सय ११ को ४ कठ्ठा पौने १२ धुर र कित्ता नम्वर ६ सय १२ को पौने २ धुर जग्गामा घरबाटो नभएको सिफारिसको आधारमा जमिन पास भएको रहस्य खुलेको हो ।


४० वर्ष भन्दा लामो समयदेखि बस्ति रहेको स्थानीयले बताए । त्यहाँ शुभाषचन्द्र महतो, रामचन्द्र महतो, हरिशंकर महतो, प्रेम सिंह, रामकुमार महतो, सरयुग महतो, सत्यनारायण महतो, हरिनारायण महतो सहित ११ घरपरिवारको वस्ति रहेको छ । त्यसमध्ये हरिशंकर र रामचन्द्र महतो वाहेक ९ जनाको नाममा जग्गा पास भएको थाहापाएर खोज्दै जाँदा वडा अध्यक्ष, जग्गाधनी, लेखन्दास र मालपोत कार्यालयको मिलेमत्तोमा घरबाटो नभएको सिफारिस दिएको स्थानीयको आरोप छ । बसोवास भएकैहध्ये दुईजनाको घरसहितको जमिन पनि ९ जनाको नाममा पास भएप्छि स्थानीय आक्रोसित बनेका छन् ।
जमिनको चलनचल्तिको मूल्य प्रति कठ्ठा ५० लाखभन्दा बढी पर्छ ।

त्यको आधारमा जमिनको मूल्य २ करोड भन्दा बढी मूल्य हुन आउँछ । तर, उनीहरुले जम्मा जमिनको मूल्य २ लाख देखाएर ८ हजार ५० रुपैयाँमात्र राजस्व बुझाएको छ ।
यता वडा अध्यक्ष कविल यादवले आफूलाई छल गरेर जमिनबालाले सिफारिस लिएको बताए । उनले भने, ‘म पनि नयाँ नयाँ थिएँ, सिफारिस लिन आएका बेला मैले कहाँको जमितहो भनि सोधेको थिएँ,चौरीको खेत हो भने, मैले त्यसैअनुसार सिफासिर दिएको हुँ ।’


लेखापढिका सवैकाम गरेका राजकुमार महतो लेखापढि व्यसायी समेत हुन् । उनले नै जमिन पास गराउँदा आवश्यक पर्ने सम्पूर्ण कागजातहरु तयार पारेका थिए । संयुक्त रुपमा पास भएको जमिनको पुर्जामा उनकी श्रीमती मन्जु कुमारी महतोको फोटो र नाम पनि छ । उनैले जानी जानी मलाई फसाएको अध्यक्ष यादवले भने ।


जमिन २०७६ चैत्र ३ गते मसनी देवी भुजलेको नाममाबाट दुर्गादेवि भुझलेल, अनिता कुमारी महतो, सविता कुमारी सिंह, ज्ञानकी कुमारी सिंह, सोमनी कुमारी, अनिता कुमारी सिंह, फूलमतिया महतो, गुलाव कुमारी देवी र रितादेवी लहेरीको नाममा संयुक्त रुपमा पास भएको छ



ताजा खबर